Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीले आफ्नो बाटो तताए !

काठमाण्डौ । विपक्षीहरुले राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित निर्णय गरि नयाँ सरकार गठनका लागि एक दिन समय तोकर प्रधानमन्त्रीको हक दाबी गर्न दलहरुलाई आहवान गरेको भोलिपल्ट प्रम ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको बताएका छन् ।

बालुवाटारमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले बिहीबार राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि त्यसलाई कृत्रिम र नाटकीय व्याख्या गरेको पाइएको बताएका छन् । यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ उनले भने, फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यता रहेको तर्फ पनि उनले औंल्याएका छन् । उनी भन्छन्मा – नौं जेठ १४ गते सरकार बन्यो भने बजेट कसरी पेश गर्छ ? आफ्ना नीति कार्यक्रम कसरी तर्जुमा गर्ला ?

नयाँ सरकार गठनका लागि धेरै समय नरहेको उनले बताए । त्यसैले हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर, विश्वासको मतबाट फेरि पराजित भएर उपधारा ५ मा गइरहने समयको सुविधा हामीसँग छैन । धारा ७६ को उपधारा ५ मा जाने भइसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनु र सरकार गठनको बाटो खोलिदिनु समयको चापका हिसाबले उचितमात्र होइन अत्यावश्यक रहेको उनको भनाइ छ । उनले आफ्नो यो कदम छलेर सरकार जोगाउन वा छलेर सरकार कब्जा गर्न केन्द्रित नरहेको बताए पनि नियत भने त्यस्तै छ । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीप्रति अविश्वास लागेको कारण यस्तो चलाखी गरेका हुन् । उनको टीमले गरेका असंवैधानिक कृयाकलापले लोकतन्त्रको हुरमत नलिने उनले गरेका संविधान विपरितका कामले लोकतन्त्रको संरक्षण गरेको हुने विचित्रको व्याख्या प्रधानमन्त्रीबाट भईरहेको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल