Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२५ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदभित्र र बाहिर दुई ठूला पार्टी मिलेपछि नेपाल सबै क्षेत्रमा सबल हुनेवाला रहेको भन्ने स्वर सुनिरहेको बताए । तर, आफूले नेपाली कांग्रेस र नेकपा एमालेसँग लामो समयदेखि संगत गरेकाले खेल सबै बुझेको उनले सुनाए ।
नेपालमा बहुदलीय व्यवस्था ल्याउँदा र यो व्यवस्था ल्याइसकेपछि म यिनै ठूला पार्टीसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिएँ– यदि तपाईंहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूला पार्टीले नेतृत्व नगरेर सानो पार्टीलाई किन दिनुभयो केसीले भने ।
तर प्रचण्डले खेल बुझ्न नसकेको उनले बताए । सानो पार्टी, वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । तपाईं पुस १० गते जहाँ पुग्नुभयो त्यही दिनदेखि तपाईंलाई दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । यसो भन्दा नराम्रो लाग्ला– तपाईं कति चोटी बालकोट जानुभयो रु कतिपटक बूढानीलकण्ठ पुग्नुभयो यसरी चल्छ राजनीति उनले प्रश्न गरे ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल