Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीसँगै यी २१ मन्त्रीले लिए शपथ (सूचीसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्रीपछि नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललाई शपथग्रहण गराए । त्यसपछि राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाए ।

यी हुन् सोमबार शपथ लिएका २१ मन्त्री–
१। प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२। विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३। पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४। रमेश लेखक – गृह
५। शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
६। आरजु राणा – परराष्ट्र
७। प्रदीप यादव – खानेपानी
८। बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९। दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०। नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११। देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२। तेजुलाल चौधरी – युवा तथा खेलकुद
१३। अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४। विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१५। मानवीर राई – रक्षा
१६। दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१७। राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८। ऐनबहादुर शाही – वन तथा वातावरण
१९। प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
२०। बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२१। रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल