Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीको आठौं डायलासिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बेलुका डायलाइसिस गरिएको छ । एपेन्डिक्सको शल्यक्रिया पश्चात् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री ओलीको आइतबार पनि डायलाइसिस गरिएको हो । आइतबार प्रधानमन्त्री ओलीको आठौं पटक डायलासिस गरिएको हो । प्रधानमन्त्री ओली गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
प्रधानमन्त्रीज्यूको मिर्गौलाले काम गर्न सक्दैन, त्यसैले उहाँको शनिबार र आइतबार नियमित डायलाइसिस भइरहेको छ, आज साँझ पनि डायलाइसिस गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले आफै‌ं दन्तमञ्जन गर्ने, खाना खाने र सहयोगीको साहारामा हिडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री ओलीले आइप्याडमार्फत आइतबार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) समेत हेरेका छन् । ओलीले आईप्याडमार्फत सागको उद्घाटनको लाईभ हेरेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।