Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीले आफूले नलगाई कोरोना खोप अभियानको शुभारम्भ गर्ने

काठमाडौं । विश्वमा विकसित मुलुकहरुले कोरोना विरुद्धको भ्याक्सिन तयार गरी आफैंबाट शुरु गरिसकेका छन् भने नेपाल जस्तो अरुको आशा गर्नु पर्ने मुलुकले अरुको अनुदानको खोप जनतालाई लगाउने तर ठूला बडाले नलगाउने चलन छ ।

नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । तर, प्रधानमन्त्रीले भने खोप लगाउने छैनन् । खोप पहिलो चरणमा चिकित्सक, नर्स तथा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, सरसफाइ गर्ने व्यक्तिलाई लगाइनेछ ।

केही दिनअघि भारत सरकारको अनुदानमा १० लाख डोज खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाइने छभने पछि पुनः खोप आएपछि समुदायस्तरमा लगाइने छ । नेपालले भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन खोप लगाउन लागेको हो । उक्त खोप भारतमा आपत्कालीन प्रयोगका लागि स्वीकृत भई खोप लगाउन थालिएको छ ।

नेपालमा पनि आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागबाट स्वीकृति भएर लगाउन सुरु गरिँदैछ । विभागले आपत्कालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृति दिएको थियो । खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ ।