Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारवाहीबारे नियमित छलफल हुने जनाइएको छ।