Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री दाहाल शितल निवासमा

काठमाडौं। संसद बैठक बस्नु अघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै शितल निवास पुगेका छन्। आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगायत समयसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन्। आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ। तर प्रतिपक्षले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग राखेर संसद अवरूद्ध गर्दै आएको छ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल