Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री बालेनको निमन्त्रणा मोदीले स्वीकारे

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दिएको निमन्त्रणा स्वीकार गरेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए। उक्त निमन्त्रणालाई मोदीले स्वीकार गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

मोदीको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट आपसी सहमतिमा तय गरिने जनाइएको छ।

भारत भ्रमणका क्रममा आफू र आफ्नो प्रतिनिधिमण्डललाई न्यानो आतिथ्य प्रदान गरेको भन्दै प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन्।

मोदीको नेपाल भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास र द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।