Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री भन्छन् हाम्रो दुरी घटेको छैन

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् । अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु दूरी घट्दै गएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका ओलीले आफू र प्रचण्डबीच कुनै दूरी बढेको अवस्था नरहेको बताए । सञ्चारकर्मीहरुले प्रचण्डले स्वर्गीय नेता मदन भण्डारी र आफ्नो ओरिजिन एउटै भएको भनेर गरेको तुलनाबारे राखेको जिज्ञासमा ओलीले त्यसो हो भने दूरी बढेको नभइ घटेको भन्नुपर्ने बताए ।
उहाँले आफूलाई मदन मण्डारीसँग तुलना गरेको त मैले सुनेको छैन । यदि त्यसो हो भने पनि दूरी बढेको हैन, घटेको भन्नुपर्ला, ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, हामीबीच कुनै पनि प्रकारको दूरीको अवस्था पनि छैन, र सम्भावना पनि छैन ।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १० ः १० मा काठमाडौँ आइपुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेललगायतले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।


सम्बन्धित समाचार