Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यराति भेटघाट

काठमाडौं । पार्टीभित्रै अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता ल्याइसक्दा समेत पार्टीभित्रबाट निरन्तर अप्ठेरोमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यराति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच मध्यराति भेटवार्ता भएको हो । पार्टीमा छलफल नै नगरी अपरझटपूर्ण तवरले अघिल्लो सोमबार २ अध्यादेश ल्याएर त्यसलाई फिर्ता लिन बाध्य भएका ओलीलाई त्यसयता पार्टीभित्रबाट झन् अप्ठेरो पार्दै लगिएको छ ।
अप्ठेरो परिस्थितीमा पुगेका ओली र प्रधानन्यायाधीश राणाबीच भएको भेटवार्ता निकै अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यादेश ल्याउने र फिर्ता लिने ओलीको कदमलगत्तै उनीइत्तरका शीर्ष नेताहरुले उनलाई जिम्मेवारीबाट हटाउनेसम्मको तयारी गरेका समाचारहरु बाहिरिएपछि संकट समाधानका लागि प्रधानमन्त्री ओलीले सक्रियता बढाएका छन् । बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न पार्टी सचिवालयले गत फागुन १४ गते गरेको सिफारिसलाई चुनौती दिएका ओलीप्रति त्यसयता अर्को पक्ष रुष्ट छ ।
गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न पार्टीले गरेको सिफारिसलाई वेवास्ता गर्दै अघि बढेका ओलीलाई प्रचण्ड – माधव नेपाल समुहले अध्यादेश फिर्ता लिएलगत्तै नैतिकता आधारमा राजिनामा दिन समेत सुझाएको बताइन्छ । पार्टी सचिवालय, स्थायी कमिटी, संसदीय दल लगायतमा अल्पमतमा परेका ओली अप्ठेरो पर्दै गएपछि यतिबेला लगातार आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् ।
ओली, माधव नेपाल र प्रचण्ड पक्षधरबीच दुई दिन यता पटकरपटक छलफल भएका छन् । यहीबीचमा तीन वटै गुटका आन्तरिक छलफल पनि भएका छन् । दुई पक्षीय तथा बहुपक्षीय छलफलबाट पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको भूमिका शंकास्पद र विश्वासयोग्य नभएको भन्दै अन्ततः विवाद सचिवालय बैठकसम्म पुग्ने भएको छ । त्यसका लागि मंगलबार सचिवालय बैठक डाक्न नेताहरु सहमत भएका छन् । उक्त बैठकले ओलीको अधिकार कटौती गर्ने वा एकचोटीलाई माफि दिएर पार्टी र सरकारलाई अघि बढाउने भन्नेबारे निर्क्यौल हुने एक नेताले जानकारी दिए ।


सम्बन्धित समाचार