Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभाकरण बन्ने कि राजपाक्षे ?

सत्तारुढ विभाजित नेकपाको आरोप प्रत्यारोप आक्रामक रुपमा चलिरहेको छ । जसरी ०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि गर्ने माधव नेपाल र केपी शर्मा ओलीको कारण तत्कालिन नेकपा एमाले विभाजन भएको थियो त्यसैगरी राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पारित गर्न नसकेपछि प्रधानमन्त्री ओलीले संसद नै विघटन गरेका छन् । महाकालीमा राष्ट्रघात गर्ने शेरबहादुुर देउवा, कमल थापा, केपी ओली हुन् वा पशुपतिसमशेर जबरा र प्रकाशचन्द्र लोहनीको एउटै मोर्चा छ । सारमा एमसीसी गिरोहको धु्रवीकरण भएको छ । अपवाद महाकाली सन्धिका खलनायक माधव नेपाल प्रचण्ड कित्तामा लागेका छन् । उनी इमान्दार भएर प्रचण्डसँग आएका होइनन् । उनको मिसन इन्डो अमेरिकी योजनामा प्रचण्डलाई धकेल्ने नियोजित प्रक्रियाअन्तर्गत छ । यसको पुष्टि माधव प्रचण्ड खेमामा उभिएका प्रदीप नेपालले गरिरहेका छन् । एकातर्फ प्रदीप नेपाल माधव प्रचण्ड खेमामा उभिएका छन् भने अर्कोतर्फ उनले बहुदलीय जनवादीहरू एक हुनुपर्छ भन्दै आइरहेका छन् । यसको प्रष्ट संकेत प्रचण्डलाई घेराबन्दी गरेर समाप्त गर्ने नियोजित चालबाजी हो भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।

मदन भण्डारीको नियोजित हत्यापछि योजनाबद्ध रुपमा अघि सारिएका माधव नेपालका बारेमा धेरै बहस र टिप्पणी गर्नु आवश्यक छैन । किनभने रअको योजनामा २०४५ सालको ललितपुरको च्यासलमा बसेको तत्कालिन मालेको बैठकमा भारतीय हतियार र सेना भिœयाउन प्रस्ताव गर्नेदेखि पछिल्लो बदनाम इसाई सिमनरीको योजनामा भएको होली वाइन कार्यक्रमका आयोजक उनी नै थिए । जहाँसम्म उनका पछाडि रहेका पूर्व एमालेहरू छन् बनारसमा रअले संरक्षण गरेका रअद्वारा प्रायोजित पुष्पलालका स्कुलिङका बेगामे लफङ्गाहरूको समूह मात्रै रहेको छ । यो अवस्थामा माधव नेपाल जस्ता खतरनाक पात्रलाई साथमा राखेर अघि बढ्न खोज्नु शान्तिपूर्ण रुपमा प्रचण्डको श्रीलंकाका चर्चित विद्रोही लिट्टे नेता प्रभाकरणको यात्रा मात्रै हो ।

फरक के हो भने चीनको सहयोगमा राजपाक्षेले प्रभाकरणलाई फौजी कारबाहीद्वारा सफाइ गरिदिएका थिए भने नेपालमा माधव नेपालले शान्तिपूर्ण रुपमा प्रचण्डलाई प्रभाकरणको यात्रातर्फ धकेलिरहेका छन् । प्रचण्डलाई समाप्त गर्ने भूमिकामा नेपालले प्रमुख भूमिका खेलिरहेका छन् । किनभने अमेरिकी शैन्य परियोजना एमसीसी प्रचण्ड र कृष्णबहादुर महराकै कारण राष्ट्रिय बहसको विषय मात्रै बनेन यसभित्रको राष्ट्रघाती रणनीति जनतामा पर्दाफास भयो । यो अवस्थामा प्रचण्डलाई समाप्त गर्न इन्डो अमेरिकी रणनीतिअन्तर्गत विरेन्द्र र मदन भण्डारी हत्या गर्ने देशी विदेशी जासुसहरू क्रियाशील भइरहेका छन् । फरक के हो भने माधव नेपाल समूह मित्र बनेर मदन भण्डारीलाई जस्तै समाप्त गर्ने योजनामा छन् भने ओली सीधा र सरल रेखामा देखा परेका छन् ।

अहिले संसद विघटनको पक्ष र विपक्षमा बहस र धु्रविकरण भइरहँदा सडकमा मूल मुद्दालाई ओझेलमा पार्नका निम्ति माधव नेपालसँगै पश्चिमाहरू क्रियाशील छन् । क्रिश्चियनहरूको जोसुवा २ प्रोजेक्ट अन्तर्गतका पहेंलो वस्त्रधारी मानवअधिकारवादीदेखि कथित पत्रकार र लेखक, पूर्व न्यायाधीशहरू यही पंक्तिका पश्चिमी चीन विरोधी जासुसहरू हुन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, पूर्व सभामुख दमननाथ ढुंगाना, माधनअधिकारवादी कृष्ण पहाडी, पत्रकार नारायण वाग्ले प्रवृत्तिका अनुहारहरू पश्चिमी जासुस हुन् भन्ने कुरा लुकेको कुरा होइन । स्मरण रहोस् चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदा उनलाई कालो झण्डा देखाउनेमा कृष्ण पहाडीले नेतृत्व गरेको मानवअधिकार तथा शान्ति समाज र ऋषिकेस शाहको विरासतमा अनामनगरमा कार्यालय रहेको नेपाल मानवअधिकार संगठनका अमेरिकी जासुसहरूले कोशीस गरेका थिए ।

यस्तो पंक्तिको घेरामा प्रचण्डले गर्न खोजेको संघर्ष लिट्टेको जस्तै हुनेछ । स्मरण रहोस् डिल्लीबजारको भोजनगृहमा कार्यालय राखेर पद्मरत्न तुलाधरसँगै एनटीटीपी पिस अमेरिकी आइएनजीओ मार्फत् सीआइएको काम गर्ने दमननाथ ढुंगाना सामान्य व्यक्ति होइनन् । तत्कालिन नेकपा एमालेको महाधिवेशनमा माधवकुमार नेपाल ८६ भोटले अगाडि रहेको तथ्यका आधारमा भोटिङ भएको थियो । तर एनटीटीपी पिसको तथ्यांक फेल खाएकै कारण केपी ओली अध्यक्षमा निर्वाचित बनेका हुन् । जहाँ एकातर्फ भरत बस्नेतको आवरणमा पृथ्वीनारायण शाहको व्यानरमा कार्यक्रम गरिन्थ्यो भने अर्कोतर्फ दमननाथ पद्मरत्नको नेतृत्वको सीआइए मुख्यालय थियो ।

किनारा लागिसकेका माधव नेपाल जस्ता पात्र बोक्नुले प्रचण्डले चीनको विश्वास पनि लिन सक्ने छैनन् । राजपाक्षेले श्रीलंकामा अहिले नेपालमा सडकमा सक्रिय देखिएका पहाडी, वाग्ले, ढुंगाना, कार्की र श्रेष्ठ जस्ता एजेन्टहरू सफाय गरेका थिए । यसकारण उनीप्रति चीनको विश्वास थियो । यसकारण इन्डो अमेरिकी योजनालाई परास्त गर्दै मैत्रीपाला श्रीसेनालाई किनारा लगाएर पुनः राजपाक्षेको सत्ता पुनस्र्थापित भयो । प्रचण्ड राजपाक्षेजस्तै गरी उभिने हो भने त्यो सम्भावना नेपालमा पनि छ । त्यतिबेला केपी ओली प्रवृत्तिहरूको समाप्ति हुनेछ ।

हुनत सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीजस्ता प्रायोजित पात्रका अनुहार ३० को दशकमा रअको योजनामा नेपाल एयरलाइन्सको विमान अपहरण गर्ने उनका श्रीमान दुर्गा सुवेदी जस्ता लुटेराहरूको अनुहार हेर्दा नै प्रष्ट हुन्छ । अदालतमा पहिलो पटक पश्चिमी आइएनजीओको कार्यक्रम सुशीला कार्कीकै समयमा भित्रिएको थियो । त्यसकारण एनजीओका भरौटे, आवारा नागरिक समाज, प्रायोजित पत्रकारहरूले जोसुवा २ प्रोजेक्टअन्तर्गत बहुराष्ट्रिय कम्पनीका सञ्चार मिडियामार्फत् गोयबल्स प्रपोगण्डा गरिरहेका छन् ।

दरबार हत्याकाण्डमा तत्कालिन राजदरबारका सैनिक सचिव विवेककुमार शाहसँगै उक्त हत्याकाण्डमा जोडिएका कार्टर सेन्टरका संयोजक दुमन थापा संस्थापक अध्यक्ष रहेको दैनिक पत्रिका होस् या रअका प्रमुख आलोक जोशीले माओवादीसम्बन्धी पुस्तक प्रकाशन गर्न लगाएका झापाली सम्पादक रहेको दैनिक पत्रिका यिनीहरूको ओली विरुद्धको मिसन प्रचण्डको रक्षाका लागि होइन शान्तिपूर्ण रुपमा प्रभाकरण बनाउनका लागि हो । हेक्का रहोस् मानवअधिकारको आवरणमा प्रचण्डलाई हेग लैजानु पर्छ भन्नेहरू नै अहिले सडकमा ओली विरुद्ध देखिएका छन् ।

समिक्षा गर प्रचण्ड
पछिल्लो चरणमा तमाम कमी कमजोरीका बाबजुद चीनसँग सम्झौता विस्तार गर्दै नेपाललाई इन्डो अमेरिकी कित्ताबाट निकाल्ने प्रयत्न प्रचण्डले गरेकै हुन् । यसकारण उनीमाथि चौतर्फी प्रहार भइरहेको छ । प्रचण्डले अब समिक्षा गर्न ढिलो गर्नु भनेको राजनीतिक आत्महत्याउन्मुख हुनु हो ।

फेरि पनि जसरी विगतमा बाबुराम भट्टराई जस्ता रअका एजेन्ट, मोहन वैद्य जस्ता जोसुवा २ प्रोजेक्ट क्रिश्चियन मिसनका जासुस र विप्लवजस्ता सेना र प्रहरीसँग मिलेर एकीकृत क्रान्ति गर्ने भन्ने दस्तावेज पारित गर्ने पात्रको घेरा तोडेर राष्ट्रलाई निकास दिन अहिलेको घेरालाई तोड्नै पर्दछ । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । चिनियाँहरूले दिएको सल्लाहजस्तै फेरि पनि वामपन्थी एकताको आधार निर्माण गर्नै पर्दछ । अहिले जतिसुकै वाक युद्ध चले पनि यो समयको बाध्यता हो ।

यो अवस्थामा ओलीलाई कमजोर ठान्नु आत्मघात हो । किनभने उनका पछाडि मदन भण्डारी र राजा वीरेन्द्रको हत्या गर्ने शक्ति केन्द्र रहेको छ । पिँजडाको सुगा जस्तो राजासँग भिड्दा जस्तो सजिलो ओलीसँग हुने छैन । किनभने उनीसँग तलदेखि माथिसम्म दास बनिसकेका कार्यकर्ताहरूको विशाल पंक्ति छ भने देशी विदेशी शक्ति केन्द्रको आड भरोसा छ । समयमै चेतना भया ।