Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभुलाई रिझाउँदा प्रमका गल्ती !

  • ईश्वरी वाग्ले

काठमाण्डौ । आफूलाई सहजा पर्दा जतिसुकै राष्ट्रवादका कुरा गरे पनि दक्षिणको छिमेकीले आँखा तर्दा ती सबै राष्ट्रवादका असली अनुहार देखिने गरेको छ । राष्ट्रवादको नाउँमा जति सुकै खोके पनि एक थान सत्ता टिकाउन प्रधानमन्त्रीले गरेका गल्ती गणना गरेर साध्य हुने अवस्थामा छैन । देशघाती महाकाली सन्धि भएपछि नेपाललाई वर्षमा १२ खर्व २० अर्व आम्दानी हुन्छ भन्दै जनताको अगाडि डुक्रिने यिनै ओली पछिल्लो समयमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख सेमन्त गोयललाई बालुवाटारमै दिएको मेजमानीसहितको दर्शनपछि १०४ डिग्री लत्रिएर प्रभुको चरणमा पर्दा आफ्नै पार्टी भत्काउनसमेत पछि परेनन् । संविधान कुल्चने, संसद भङ्ग गर्ने, चुरे भारतलाई सुम्पने, गुटबन्दि गर्ने, नीतिगत लुट मच्चाएकाहरुलाई कार्वाही नगर्ने, राष्ट्रपतिको बचाउ गरेजस्तो गरी विवादमा तान्ने, सहमती र सहकार्यको राजनीतिलाई तोडने, झण्डै दुइतिहाई बहुमतको सरकार अल्पमतमा पुग्दा समेत आफ्ना कुर्कमहरू नसच्याउने, स्थाइ सरकारलाई अस्थिरतामा लगि १८ पटक मन्त्रीपरिषद् पुनर्गठन गर्ने, देशको राष्ट्रिय सम्पत्ति माफियालाई सुम्पने, अख्तियार, अदालत, सेना, प्रहरी र निजामती क्षेत्रमा मात्र होइन मानवसेवाको निम्ति कोरोनाविरुद्ध लडिरहेका डाक्टरहरूले दिएको सुझाव लत्याएर जनतालाई उपचार भन्दा मेडिकल माफियाहरूको हितमा राज्यकोष दोहन गर्ने, लकडाउन गरेर श्रमजिवी मजदुरहरूलाई भोकै तड्पाउने, किसानको उत्पादन बारीमा सडाएर भारतीय उत्पादन नेपाल भिœयाउन सहज बनाइदिने जस्ता देशभक्त, राष्ट्रवादी काम वर्तमान सरकारको गहना बनेको छ ।
सरकार गठनको सुरुदेखिनै प्रधानमन्त्री ओलीले आफु र आफ्ना दलालबाहेक पार्टीका वरिष्ठ नेताहरूलाई महत्व दिएनन् । माओवादीप्रति उनको इख थियो भने चुनावी मोर्चापछि पार्टी एकता गर्नु जरुरी थिएन । एमालेले १२१ माओवादीले ५६ जना सांसद जित्नु २ पार्टीको गठबन्धन थियो । तर ओलीले मर्म र भावनालाई स्विकार्न सकेनन् । चुनावी घोषणापत्रले निर्देशन गरेका विकास आयोजनालाई पहिलो बजेटले लत्याएपछि दोस्रो र तेस्रो बजेट त्यसरीनै आए उनले एमालेको निम्ति सिन्को नभाचेका एडिवी र विश्वबैङ्कको इसारामा नाच्दै आएका, कालो बजार, राजश्व छलीका काममा सक्रिय जनताविरोधी माफियाहरूको मात्र पक्षपोषण हुने गरी बजेट ल्याउन दिनु नै गल्ती थियो । एमालेको नौ महिने सरकारले सुरु गरेका प्रगती र विकासका योजनाहरू स्मरण गरेको भए ओलीको सरकार बदनाम हुने थिएन । उनी आफैं सबै विषयमा विज्ञ बन्दैजाँदा संविधान र कानुनको खिल्ली उडाउने काम भए । उनले राखेका सल्लाहकारहरूले विषयबस्तुसँग भन्दा चाकडी र पद बचाउको अभियानमा लाग्नुनै अहिलेको स्थिति भोग्नु परेको हो । प्रम ओलीले चाहेर पनि अब विगतका यी गल्ती सच्याउने अवस्था छैन । किनकी परिस्थितिले बाटो समातिसकेको छ । ओलीलाई साथमा लिएर बामपन्थी मोर्चा बन्ने सम्भावना घटेको छ । देशभर नेकपा एमालेको संगठन भत्किएको छ । यस्तो आतङ्कीत र धुन्दुकारी स्वाभावले मुलुकको राजनीतिले सम्वृद्धी र विकास गर्न सक्दैन । ओलीले स्विकारेको जनताको बहुदलीय जनबादले यो भद्रगोल खोजेको होइन ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल