Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु महालक्ष्मी लाइफले १३ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीका संस्थापक शेयरधनी नवराज अधिकारीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

कम्पनीका अनुसार अधिकारीको नाममा रहेको १३ हजार कित्ता संस्थापक शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन्। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्थाअनुसार कम्पनीले उनीहरूका लागि बिक्री खुला गरेको हो।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित व्यवस्थाअनुसार उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

कम्पनीले इच्छुक संस्थापक शेयरधनीलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।