Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु लाइफले घोषणा गर्यो १०.३१ प्रतिशत लाभांश

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १०.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब रुपियाँ छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।
प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर प्रक्रिया चलिरहेको छ ।