Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमको मन ढल्कियो यसरी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन नपरेपछि ऊर्जा आयोगमा थन्किएका सचिव देवेन्द्र कार्की दोस्रोचोटी भौतिक पूर्वाधार सचिव बन्न जानुको रहस्य खुल्दैछ । कार्कीका भाई अर्जुन कार्कीले भूकम्प पीडितको नाममा लुटेर पनि कारबाहीबाट बच्दै प्रम केपी ओलीको प्रिय भएका छन् भने दाजु देवेन्द्रप्रति पहिले कटाक्ष गरेका ओलीको मन रहस्यमय तरिकाले फिरेको छ । ओलीले पत्याएका सचिव मधुसुदन अधिकारी नापीको विज्ञ हुँदाहुँदै भूमिसुधार मन्त्रालयको सचिव हुन पाएनन् । उनलाई प्रमले नै भौतिक पूर्वाधार मन्त्रालयमा पठाए । ओलीले मन पराएका यी सचिवले आवको अन्तमा करोडौं रकमान्तर गरिएका फाइल सदर गर्न रुचि देखाएनन् । किनकि त्यहाँ कैफियत छ अख्तियार लाग्छ । त्यहाँ मन्त्री रघुवीर र प्रम ओलीको समृद्ध नेपालको लुटको सपना थियो । प्रमको सपना पूरा गर्ने गरी फाइल सदर गर्न कर्मठ सचिव खोज्दै गर्दा पहिले घोक्य्राइएको भए पनि असारको बजेट भुक्तानीको रस चुस्न पाउने भएपछि ऊर्जा आयोगबाट देवेन्द्र फर्किए ।
भौतिक पूर्वाधार सचिवमा दोहोरिएको सात दिन नबित्दै सचिव कार्कीले मधुसुदनले रोकेका सबै फाइल सदर गरेका छन् । प्रम ओलीलाई त्यही सचिव पहिले मननपर्नु, ३ महिना नबित्दै मनपर्नुको कारण असारे बजेटको लुटमा सहयोग पु¥याउनु हो । सचिव कार्कीको निर्णयले ठेकेदारहरू खुशी छन् । कार्यकर्ता मार्फत् करोडको काम लगाएका विभागीय मन्त्री रघुवीर खुशी छन् । तर अख्तियारले भने यिनको दोहोलो काड्दैछ । असारे बजेटको ठूलो अंश केपी ओली, पुष्पकमल दाहाल र मन्त्री रघुवीरको गृहजिल्लामा फालिएको छ । जहाँ भ्रष्टाचारले दुर्गन्ध मौलाएको छ । उता देवेन्द्रका भाई अर्जुन कार्कीलाई अकूत सम्पत्ति छानविन गरिरहेको अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गर्दैछ । तर कार्कीले आफू पुरानो अखिल भएको नाता जोडेर उपप्रम ईश्वर पोखरेलमार्फत् प्रम ओलीको भान्सामा पुग्न सफल भएकाले कारबाही हुन्न भन्ने हल्ला छ । माधव कार्कीले साँघुरो सडक विभागलाई फराकिलो बनाए । सडकको आवश्यकताअनुसार कार्यक्षेत्र विस्तार भयो । सरकार र विदेशी दाताको ठूलो लगानी फैलियो । त्यही सडकको महानिर्देशक बनेर भौतिक पूर्वाधारमा आएका देवेन्द्रलाई शुरुमा शेरबहादुरको मान्छे भनेर खेद्ने प्रम ओलीले आफैं लागेर कुन खाडलमा जाक्छन् समय कुर्नुपर्छ ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल

बाढी पहिरोमा १०० जनाको ज्यान गयो

२०८१ आश्विन १३

ताजा नेपाल