Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमलाई आचारसंहिता लाग्दैन ?

सरकारको लक्षण नै राम्रो थिएन । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछिको हत्यानै नेकपाको अनुहारमा कालो पोत्ने प्रतिनिधि घटना थियो । नीतिगत लुटमा लोकप्रिय बनेका केपी ओली कुर्लदै छन् । माधव प्रचण्ड गएपछि पार्टी शुद्दिकारण हुन्छ । भ्रष्टचारका नाइकेलाई संरक्षण गर्ने केपीले उनको अफसलताका बारेमा पार्टीमा छलफल गर्न खोज्दा पार्टीमा चासो दिएनन् । देशको समाधान गर्ने थलो ससद भत्काइयो । आफ्ना अपराध छलफलमा प्रवेश गर्न नदिने ओली शासनलाई बचाउने ठाँउ भनेको अब प्रहरी मात्र बाँकी छ । गृहमन्त्रीको नालायकीपनले बालुवाटारलाई सहज बनायो । ऊर्जामन्त्री टोप बहादुर रायमाझी छन्, विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्र शाक्यले प्राधिकरण भित्रको खरिद तथा मर्मतसम्बन्धी ठेक्काका लागि सहभागी व्यापारी तथा ठेकदारहरूलाई बालुवाटारका महेन्द्र सिहंलाई भेट्न लगाउन गर्नु नै ओली प्रवृत्ति मुलुकका लागि घातक भएको छ भन्ने प्रमाण हो । त्यहाँ भ्रष्टचार कर्ता कस्ता रहेछन् त्यो देखियो २०५४ सालका सुकुम्बासी अहिले ललिता निवास काण्डका नायक कता छन् ?
अबको राजनीति प्रतिगमनमा जान सक्दैन । केपी ओली शासनले प्रतिगमनलाई साथ दिएको छ । सूर्य चिन्हको विषय मुल होइन, पार्टी एकता गर्दाका ४४१ केन्द्रीय सदस्यमध्ये प्रचण्ड माधव पक्षमा झण्डै ३ सय सदस्य छन् भने निर्वाचित आयोग सत्ताको दवावमा परेर चुनाव चिन्हको ल्याङल्याङ किन गर्छ ? त्यसो त प्रधानमन्त्रीको नाताले केपी ओली र उनको गुटको पछि लागेका रामबहादुर थापाका पछाडि हिजोका माओवादी लाग्न सकेनन् थापालाई पूत्रको पौरख उल्टेला भन्ने डर थियो । कञ्चनपुर काण्डको भित्री रहस्यबाट तर्सनु पर्ने बाध्यता पर्ने नै भयो । माओवादी नेताका छोराछोरीले बाबुको सत्ताराम्रै सँग प्रयोग गरेको जनताले थाहा पाउछ ।
ओलीको पछि लागेका ईश्वर पोखरेल कहिल्यै पनि स्वच्छ नेता भएनन् । उनले प्राप्त गरेको पद विवादरहित कहिल्यै भएन । ओलीबाट रक्षामन्त्री खोसिँदा र बिना विभागीय मन्त्रीमा घचेट्दा पनि जुका झै पद र कुर्सीमा टासिएर ईश्वरले स्कूल विभाग कसरी चलाएछन् ? उनी विभागको प्रमुख भएर नेकपाको संगठनलाई निष्ठा र सिद्दान्तको बाटोमा लैजान कति प्रयास गरे त्यसको समिक्षा होला नि ! महामारीका बेला पनि कमाउने दाउमा ईश्वर थिए । उनले ओम्नी समूहबाट मात्र होइन नेपाली सेनाले खरिद गरेको औषधी जन्य सामाग्रीमा समेत लुट्न छाडेनन् । सेनाले बनाएको फाष्ट ट्य्राकको परामर्श दाताको छनौटमा रक्षामन्त्रीको हस्तक्षेप सेनाले सहेन । सेनालाई लकिर–फकिर भनेर आफ्नो लुटाहा चरित्र उदाङ्गो बनाएका यिनी सफेद लुटाहा गुटले सुद्ध भए । प्रचण्ड र माधव समूहबाट मन्त्री भएका सबै भ्रष्ट क्या राम्रो तर्क गर्छन् काम चलाउ सरकारका प्रधानमन्त्री ! थामसेर्कु एती होल्डिङ समूहलाई पोस्ने के रहेछ कम चलाउ प्रम ज्यू जादू ! अहिले राजनीति तहले जनताको सरोकारलाई छोएको छैन । जनता ठग्ने ठग मोती दुगडलाई प्रधानमन्त्रीले आर्थिक सल्लाहकार बनाउनुको कारण के हो ? जवकी दुगड आपूर्ति राज्यमन्त्री भएकै बेला उनको कम्पनीले साल्ट ट्रेडिङको प्रति केजी रु २० को नुन आफ्नै लोगो राखेर रु ३५ मो बेचेको उपभोक्त हित संरुक्षण विभागले खुलस्त गरे पनि त्यो कम्पनी कारबाहीमा परेन । विधुत् प्राधिकरणले लोडसेटिङ घटाउँदा ओली मुलुकको शासक थिएनन् । तर उनका हनुमान शंकर पोखरेलले बोलि दिए लोडसेटिङ हटाउने ओली हुन् । ओलीको नक्कल गर्ने घामट चरित्रका शंकरको हैसियत त हिजो के थियो । आज के छ ? विजौरी काण्डका अपराधीसँग मिलेर उनका दाजुले राज्यको निमार्ण क्षेत्रको ठेक्का लिएको कसले बिर्सन्छ ?
ओलीले गुटको खेती गरेकाले गुटभन्दा पर जाँदैनन् भन्ने कुरा यिनले संधियतामाथि प्रहार गरेका छन् भन्ने कुरा भरतपुर महानगरले पहिल्यै सिलान्यास गरेर निर्माण थालिसकेको बाटो पूनः शिलान्यास गरेको रमिता देखियो ! काम भएका ठाउमा राज्यको बजेट जाने हो केपी ओलीको पैत्रिक सम्पत्तिबाट बनेका होइनन् । ओलीको डिजाईनमा धर्म निरपेक्षयतामाथि प्रहार गर्ने खेल सफल होला नहोला तर उनका भक्तहरूको भविष्य भने बचाउने काम नेकपाले गर्न सक्छ वा सक्दैन शंका यहाँ छ । जनतालाई ढाँट्न सजिलो छ । घरघरमा पाइपबाटै ग्याँस, चुच्चेरेल, मनोरेल, पानी जाहाजको फण्डा अब थन्कियो । अब नक्कली विकासवादीको अर्थ छैन । नीति नियमका कुरा गर्छौ तिमीलाई आचरसंहिता लाग्दैन ?
ओली कुरा गर्छन् मिठो, व्यवहार छ छुद्र र दुष्ट । नेपाली कम्युनिष्ट आन्दोलनले त्यो सहेको छ । ओलीवाद मुलुकको हित होइन, गुटको निम्ति चम्केको छ । पार्टीको बैठक बोलाउनै नपर्ने, सरकारका योजनाका बारेमा छलफल गर्नै नपर्ने कस्तो सिद्धान्त नेकपा ओली पथले सिर्जना ग¥यो ? जहाँ जनतालाई राहात दिने कुरामा कमिशनको विषय अगाडि आउँछ । पार्टीमा विभाजन आउन लाग्दा अयोग्य लडाकुको अवस्था, वेपत्ता परिवारको पिडा घाइतेहरूप्रति आश्वासनको पोका फिँजाइन्छ । काम नगरी विस्वास गर्ने ठाँउ ओली पथले राखेको छैन । त्यसैले नहुने चुनाव घोषणा गरेर शिलान्यास गर्दै हिडेका छौ ।
जनताको अपेक्षा पार्टी विभाजन थिएन । अहंकार, घमण्डले ग्रष्त कम्युनिष्टका छद्म भेषीहरूले कम्युनिष्ट आचारण पचाउने अवस्था भएन । आँफूबाहेक अन्य समकक्षी नेताको सल्लाह सुझावको मतलव नगर्ने सबैतिर आफैं विज्ञ सोच्ने चरित्रले कहीं पनि विकास गर्ला जस्तो देखिएको भए पदको निम्ति यस्तो हुण्डरी आउने थिएन । उखान टुक्काले देश चल्दैन, पार्टी चल्दैन । देशको राष्ट्रिय स्वाधिनताको रक्षा त महाकालीको राष्ट्रघातले गरेको छ । राष्ट्रिय नेताले महाकालीको गल्ती सुधार्छु भनेको खोई ? आखिर महाकालीको नाउँमा नाच्ने तिमि नै हौ । मदन भण्डारी फाउन्डेशनको बजेट कहाँबाट आउँछ ? राष्ट्रवादीहरूको नाङ्गो रुप यतातिर झल्केकै छ ?