Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीका घुमुवालाई थैलोकै छ पीर

काठमाण्डौ । महानगरीय आयुक्त कार्यालयका डिआईजी विश्वराज पोखरेलले प्रहरीलाई सुद्धिकरण गर्न लामो अभियान चलाए । उनी आफैं पनि काठमाडौ परिसरमा लामो समय बसेर घुमुवाहरुबाट सताइएका व्यवसायीहरुको गुनासो सुनेका अधिकृत हुन् । उनले यतिखेर आफ्नो मातहतका परिसर तथा प्रभागहरुलाई कडिकडाउ गरिरहे पनि मान्छेको नियत सबैको सफा हुन्छ भन्ने विश्वास गर्न सकिने वातावरण बनाउन प्रहरीले नै सकिरहेको छैन ।

जागीर छाडने बेलामा प्रहरीका हाकीमहरूले घुमुवा खटाएर पैसा उठाउन थाल्छन् । उनीहरूले तस्कर र भन्सार छल्लेहरू संग मात्र होइन जुवा तास र बेस्यावृतिका अखडाहरूलाई आम्दानीको स्रोत बनाउछन् । कानुन विपरीतका हुन्डी कारोबारीहरूलाई जोगाउने र पैसा असुल्नुत छदैछ । परिसर र प्रभागका कमान्डरहरूले मासीक उठाउने भित्री ठाउँहरूको त कुरै नगरौ । जिरो टोलरेन्समा प्रहरी परिचालन भएको दावी गर्ने हाकीमहरूको स्वार्थ भने राजनीतिक तहमा सम्बन्ध विस्तार गरी आम्दनी हुने प्रदेशहरूमा पुग्नु सामान्य मानिन्छ ।

खान्न लाकचार खान थाल्यो मानाचार भन्ने भनाई यति बेला प्रहरीमा लागु भएको छ जति बेला आइजीपी सैलेस थापाले प्रहरीको प्रबन्ध शाखामा बदनाम प्रवृतिहरू जम्मा पारेका छन् । बाकेका एसपी ओम रानाका घुमुवा भिमबहादुर डागीले कृष्ण गिरीको घरमा छिरेर खानतलासी गर्दा पाएको झापड पनि प्रहरीका निमीत्त जिरो टोलरेन्स नै हो किनकी त्यहाँ कोहलपुरका डिएस्पी कुलदिप चन्द्रले माफि माग्न परेको छ । अहिले नेपालगञ्जमा चौपाया तस्करीको अभियान चलेको छ । मुस्लिम समुदायका व्यक्तिहरुको यो धन्दामा प्रहरी र सशस्त्र प्रहरीले समेत साथ दिएको बताइन्छ । यस्तै स्थिती निरिक्षक सुरज खत्रीको रहेको छ ।

उनले भन्सार एजेन्ट सग मिलेर चोरी गाडी भित्राउने र सुन तस्कर संग मिलेर सिमा कटाउने गरेकै छन् । कमान्डर ओम राना भएर के भो बाके भन्सार तस्कर को छँदैछ । गुल्मीका एस्पी प्रविण श्रेष्ठले बासु मरासीनीलाई खटाएर जुवाको खालबाट लिएको मुठो बेपत्ता पारेकै छन् । सट्टे बाजीका सञ्चालकहरूसँग पैसा धुतेर केरकारका घुमुवाहरूले दशै तिहार खर्च उठाएको खबर पनि नआएको होइन । अहिले कोरोनाका कारण होटल व्यवसाय नचलेपनि गलत तरिकाले कमाउने धन्दा चलिरहेकै छ ।


सम्बन्धित समाचार