Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको लाठीबाट जनकपुरमा रामचन्द्र झा गम्भीर घाईते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत समूहले आज देशव्यापी आम हड्ताल गरेको छ । बन्द सफल पार्न सडकमा शीर्ष नेताहरु नै उत्रिएका छन् । बन्दको क्रममा प्रहरी र आन्दोलनकारीबीच देशभरि ठाउँ ठाउँमा झडप भएका छन्। धनुषाको जनकपुरमा भने प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा नेता रामचन्द्र झा गम्भीर घाईते भएका छन् । नेकपा नेता विष्णु रिजालका अनुसार उजनकपुरमा प्रहरीले नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झामाथि आक्रमण गरी गम्भीर घाइते बनाएको छ । प्रहरीले त्यहॉ जुलुशको पछाडिबाट ५० औं राउन्ड गोली चलाएको छ ।