Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल प्रहरीभित्र सत्तारुढ गठबन्धनका काँग्रेसले हस्तक्षेप गर्छ । सशस्त्र प्रहरीमा पनि चाल त्यही छ । आईजीपीद्वयले वरिष्ठता, जेष्ठतालाई लत्याउन चाहँदैनन् । तर बालुवाटार हावी हुँदा प्रहरीमा डिआईजी अशोक सिंह जस्ता विवादित पात्र चम्कने गरेका छन् भने सशस्त्रमा दिपेन्द कुँवरहरूको जगजगी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हटाउने तयारी छ । उमेर हद ५८ सेवा ३० ले गर्दा ठूलो पंक्ति संगठनबाट बाहिरिने र नयाँ जनशक्तिलाई ठूलो लगानी गरेर सक्षम बनाउनु पर्ने अवस्था छ । सरकारले सेनामा जस्तै तल्लो तहलाई १६ वर्षे कार्यकाल लगाएर सेवाबाट हट्न सक्ने बनाउँदैछ । दुवै संगठन यतिबेला चुनावी माहोलमा छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी एआईजी पदको भद्रगोल चम्काउने काम शेरबहादुर देउवाकै कार्यकालमा भयो । कम्युनिष्ट पार्टीका सरकारले त्यो भद्रगोल केही मिलायो तर विचार नपु¥याउँदा दुवैतिर एआईजीका दरबन्दी थपथाप गर्नेक्रम पनि उसैले ग¥यो । आफ्ना विश्वासपात्रलाई नै एआईजी बनाउने होडबाजीले आईजीपी पदमा छलाङ मार्ने अवस्था भयो । नेपाल प्रहरीमा सहयात्री धिराज प्रताप सिंह एआईजी बन्दा वरिष्ठ एआईजी विश्व पोखरेल अदालत गए पनि सरकारको नियम संगत निर्णयलाई अदालतले मान्नै प¥यो । अहिले सशस्त्र प्रहरीमा ३ एआईजी छन् भने नेपाल प्रहरीमा ६ जना एआईजी छन् । यिनै ६ मध्येबाट विश्वराज पोखरेल, अरुण विसी र मुकुन्द आचार्यले अवकाश पाएका छन् । कात्तिक २५ मा रविन्द्र धानुकले अवकाश पाउनेछन् । सरकार चुनावी माहोलमा भएकाले यो बीचमा एआईजी बढुवा सम्भव छैन । यतिखेर आईजी धिरजको व्याचबाट एआईजी हुन पाउनेमा नलप्रसाद उपाध्याय, मसुद अलाम खाँ, मोहनकुमार आचार्य थिए । फागुनसम्म पूजा सिंह पनि बिदा हुने छिन् । आईजीपी सिंह ०७९ चैत १० मा अहिलेको अवस्थामा अवकाश हुन्छन् । तर सेवा अवधिलाई हटाएर उमेर हद ६० भयो भने धिरजको कार्याकाल बढ्नेछ । तर उनलाई आईजीपी हुनु थियो भइयो दौडधूप गर्ने, ब्रिफकेश बुझाउने धन्दा गर्नु छैन । अब एआईजी बन्ने टिममा भने दिपक थापा, किरण बज्राचार्य, टेकप्रसाद राई, बसन्त कुँवर, श्यामलाल ज्ञवालीसम्मको दिन आउनेछ । एसएसपीबाट एआईजी बढुवा गर्दा आफू अन्यायमा परेको दाबीगर्ने सन्दीप भण्डारी भरतपुर तालिम केन्द्रमा छन् । उनी एसएसपी हुँदा एक नम्बरमा थिए । नेपाल प्रहरीमा त्यस्तो हुन्छ । अशोक सिंह, सुदिप गिरीहरू एकाएक चम्कनुको कारण बालुवाटार दाहिना हुनु हो । नेपाल प्रहरीको नजर यो बेला तिहारको जुवाखालमा छ । दशैं लगत्तै उपत्यका कमाण्डले क्यासिनोमा राम्रै चमत्कार ग¥यो । किनकि रविन्द्र धानुक र एसएसपी भरत बोेहोराहरूलाई मौका दिनै प¥यो । यो टोलीले नेपाली जुवाडेलाई भारतीय बनाएर पनि कमाएकै छ ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल