Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनताको शान्ति सुरक्षाका लागि २४ सै घण्टा खटने नेपाल प्रहरी आफ्नै प्रधान कार्यालयमा असुरक्षित देखियो । जहाँ प्रवेशका ठूला तीनद्वार छन् । त्यहाँ २४ सै घण्टा हतियार सहित सुरक्षा दिइन्छ । आईजीपीको आवस पनि त्यही छ । त्यो गेट समेत चार गेट त्यहाँ छन् । तर प्रहरीले आफ्नै कार्यक्रम आफ्नै हेडक्वाटरमा आयोजना गर्दा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री जाँदा होस् वा अरु उच्च तहका नेता कार्यक्रममा जाँदा प्रहरीले आफ्नै प्रधान कार्यालयका कार्यक्रम स्थलमा तालिम प्राप्त कुकुर डुलाउने गर्छ । भिआईपी सहभागी हुने कार्यक्रममा सुरक्षा कडा हुनु स्वभाविक हो । तर प्रहरीलाई आफै प्रति विस्वास नभएको संकेत हो त्यो । जुन शक्तिको काँधमा देशको शान्ति–सुरक्षा जोडिएको छ । दूर्गम पहाडी भेगमा सरकार भनेकै प्रहरी हो । जसले कानूनले दिएको अधिकार प्रयोग गरी न्याय निसाव गर्छ भन्ने विस्वास गरिन्छ ।
यो वर्ष नेपाल प्रहरी सदस्य रहेको अन्र्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सय वर्ष नेपाल प्रहरीले निकै भव्यताका साथ मनायो । पूर्व प्रहरी आईजीपीहरूको समेत उपस्थिति रहेको त्यो कार्यक्रमको प्रमूख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहल थिए भने विभागीय गृहमन्त्री, परराष्ट्रमन्त्री, सञ्चार मन्त्री, परराष्ट्र, गृह र संचारका सचिवहरू नेपाल सरकारका महान्यायधिवक्ता मात्र होइनन इन्टरपोलका सदस्य राष्ट्रका प्रहरी अधिकृतहरू र राजदूतहरू पनि सहभागी थिए । आईजीपी वशन्त कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शसस्त्रका आईजीपी राजु अर्याल राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापा अतिथि थिए । कार्यक्रममा नेपाल प्रहरीको इन्टरपोलसँग सम्वन्ध, द्धन्द्धग्रस्त क्षेत्रमा प्रहरीको उपस्थिती संगठित अपराधसँग जोडिएका पात्र र प्रवृत्ति विरुद्ध इन्टरपोलको सहकार्य सम्वन्धी वित्तचित्र पदर्शन गरिएको थियो । सुरक्षाका दृष्टिले देशी विदेशी पाहुना आएका ठाउँमा सुरक्षाकर्मीको सचेतना हुनुपर्छ । तर नेपाल प्रहरीले आफ्नै सुरक्षा घेरा भित्रका त्यस्ता कार्यक्रमहरूमा कुकुर नै डूलाउनु पर्ने आवश्यकता कति थियो ? त्यो बहसको विषय हुन सक्छ । सरकार भनेकै सुरक्षा अंग भएको मान्नु पर्ने नेपाली परिवेशमा यतिवेला राज्यले थालेका विकृत्ति विसंगतिको नियन्त्रणका लागि अग्रमोर्चामा प्रहरी नै देखिएको छ । राजनीति हस्तक्षेपले ग्रसीत त्यो शक्ति यस पटक शेरबहादुर देउवाको चित्त बुझाउन हस्तक्षेप कै भुमरीमा पर्यो । तर नेतृत्वले त्यसलाई हस्तक्षेप मान्दैन ।
शरणार्थी छानविन थन्कियो !
नक्कली भुटानी शरणार्थी प्रकरणको शुरुवात मै केरकारमा नेतृत्व लिएका आईजीपी वशन्त कुँवरले दलीय दवावले पक्राउ परेका ठगहरू छोडेका थिए । त्यो वेलाका गृहमन्त्री बालकृष्ण खाँड अहिले जेलमा छन् । कुँवर डिआईजी भएपछि अपराध अनुसन्धानको नेतृत्व एसएसपी डा. मनोज केसीले लिए । केसीको अनुभव अपराध मै हो । तर शरणार्थी प्रकरणको दोस्रो चरणको छानविन रोक्ने काम काँग्रेसले गरेको छ । एमालेको साथमा काँग्रेसले छानविन रोक्न उपत्यकाका एआईजी श्यामलाल ज्ञवाली र डा. मनोजको सरुवा गरायो । डा. आरजु देउवा, मन्जु खाँड, केपीका पिए राजेश वज्राचार्य, डा. अजय क्रान्ती शाक्य, राजेस्वर स्थापित विरुद्धका उजुरीलाई जर्वजस्त दवाईएको छ । यो प्रकरणमा आईजीपी सरकारको होइन काँग्रेसका सभापति शेरवहादुर देउवा डा. आरजु देउवाको भएका थिए । सरकार कठोरतापूर्वक लाग्दा साथ दिने उपत्यका प्रहरी एआईजी ज्ञवाली केरकारका केसी र काठमाण्डौ परिसरका दानबहादुर कार्की थिए । ठग्नेले ठगे खानेले खाए जेल जाने गए अव यो काण्ड काँग्रेस र एमालेले दवाएका छन प्रहरीलाई टेन्सन भएन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल