Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मकवानपुरकी एक किशोरी प्रहरी जवानबाटै बलात्कारमा परेको घटना बाहिरिएको छ। जिल्लाको कैलाश गाउँपालिकाको प्रहरी चौकी भार्ता–३ मा कार्यरत २४ वर्षीय सन्तोष बोटले सोही स्थानकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीया नाबालिकालाई प्रहरी चौकीभित्रै जबरजस्ती करणी गरेको आरोपसहित किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार, पीडित किशोरीले गत जेठ १६ गते किटानी जाहेरी दिएकी थिइन्। जाहेरीमा गत जेठ ११ गते राती करिब १ बजे पीडित नाबालिकालाई छात्रावासभित्रै जबरजस्ती करणी गरेको र त्यसअघि पनि प्रहरीचौकीभित्रै रहेको भान्सा कोठामा पटकपटक बलात्कारमा परेको किशोरीले उल्लेख गरेकी छिन्। प्रहरीले उक्त किटानी जाहेरीपछि आरोपित प्रहरी जवानलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ति पीडित भनिएकी नाबालिका र प्रहरी जवान बोटबीच केही महिनादेखि प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ। उनीहरूबीचमा फोनमा सम्पर्क हुने तथा प्रेमपत्र आदानप्रदान हुने गरेको समेत तथ्य फेला पारेको प्रहरीले जनाएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल