Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी हेडक्वाटरमा कोरोना आतंक

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयका ४० जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको स्रोतले गरेको छ । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो । हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् । साढे ३७ हजार प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको तथ्यांक छ । सशस्त्र प्रहरी बलमा पनि ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु उपत्यका र ७ नम्बर प्रदेशमा कार्यरत छन् ।