Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती९एक्विजिशन० गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु भएको हो । प्राप्ति पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीलाई प्राथमिकतामा राखेको प्राइम बैंकका अध्यक्ष उदयमान श्रेष्ठले बताएका छन् । यस पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं।३२, न्यूप्लाजामा रहेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल