Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित पाँच जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ। घटनामा गोली चलाएको आशंका गरिएका १६ वर्षीय किशोरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

सीबीएस न्युजका अनुसार गोली लागेर सात वर्षीय एक बालक र अर्का एक शिक्षक घाइते भएका छन्। दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार ओरेगनको बेन्डस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा बिहीबार दिउँसो गोली चलेको हो। प्रारम्भिक विवरणअनुसार संदिग्धले विद्यालयमा प्रवेश गर्नुअघि एउटा कारमा गोली चलाएका थिए।

बेन्ड प्रहरी प्रमुख माइक क्रान्ट्जका अनुसार संदिग्ध विद्यालय परिसरमा प्रवेश गरेपछि स्थानीय नागरिकले उनीमाथि गोली चलाएका थिए। त्यस क्रममा संदिग्धको मृत्यु भएको उनले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।