Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राधिकरणको फाइनान्स सिस्टममा घोटाला

काठमाडौँ । बालुवाटारको शक्तिको आडमा एयरपोर्टको भद्रगोलमाथि थप भद्रगोल चर्काए पनि महाप्रबन्धक देवेन्द्र केसीको टिमलाई कसैले खबरदारी गरेन । सरकारी सम्पत्ति महिनौसम्म कार्यालयको नीति विपरित प्राइवेट बैंकमा दिएर कमिशन खाँदा बालकोटतिरका खाइदेउको मौजा बनाइएको कुरा पनि पर्यटनमन्त्री योगेश भट्टराईलाई के थाहा ? गत साता झण्डै एयरपोर्ट सखाप भएन । पर्यटन वर्ष सुरज वैद्य जस्ता विदेशी गाडी बिक्री गर्ने दलालको आम्दानी बढाउने स्रोत हो । अहिले नागरिक उड्डयन प्राधिकरणमा काँग्रेसी महानिर्देशक राजन पोखरेल र प्रदीप अधिकारीहरूको खाजाको रूपमा क्षेत्रीय विमानस्थल पोखरा बन्न पुगेको छ । सरकारले गौतम बुद्ध विमानस्थल र निजगढ विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि सारेको छ । प्राधिकरणबाट विमानस्थलको पुननिर्माण र स्तरोन्नतिको खर्च व्यवस्थापनको जिम्मा प्रदीप अधिकारी जस्ता भ्रष्टलाई दिलाउनु भनेको लुट चम्काउनु हो । स्व. रवीन्द्र अधिकारीले समेत प्राधिकरणको लूटमा चासो दिएका थिएनन् । हवाई माफिया यती होल्डिङ्सलाई वायु सेवा निगमको तीनवटा जहाज सुम्पेको कुराप्रति चासो कसैको छैन । प्राधिकरणको सम्पूर्ण अधिकार आफैँले कब्जा गरेका महानिर्देशक राजन पोखरेलको टिम मिलेर आयोजना लथालिङ्ग बनाउँदैछ । कामको बाँडफाँड छैन । त्यसो त पूर्वमहानिर्देशक सञ्जीव गौतमले चार्टर एकाउन्टेन्ट नियुक्ति गर्दा रू. ४ करोड खर्च हुने देखाएर २ करोड सर्लक्कै भ्रष्टाचार गरेका छन् । उनले चार्टर एकाउन्टेन्ट नियुक्ति गरेको फर्मसँग सो रकम घूस खाएका थिए । एफएमआरएस (नेपाल फाइनान्स रिपोर्टिङ सिस्टम) घोटालाका रूपमा यसलाई लिइन्छ । सरकारले सबै कार्यालयमा यो सिस्टम लागू गर्न भनेको छ । नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्देशनमा चार्टर एकाउन्टेन्ट नियुक्ति गरेको हो । तर प्रतिस्पर्धा भने गरिएन । ओली नेतृत्वको सरकारले सरकारका सबै संस्थान एवं समितिहरूमा लेखा परीक्षणका लागि चार्टर एकाउन्टेन्टको व्यवस्था गर्न निर्देशन गरेअनुसार नागरिक उड्डयन प्राधिकरणमा एफएमआरएस व्यवस्था गर्दा सञ्जीव गौतमले आधा रकम कमिसन खाएका हुन् ।


सम्बन्धित समाचार

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल