Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्लास्टिकबाट १८ क्यारेटको सुन !

विश्व पर्यावरणका लागि प्लास्टिकजन्य फोहोर ठूलो चुनौती बनिरहेको छ । यद्यपि कतिपय ठाउँमा प्लास्टिकबाट इन्धनका साथै सडक पिच गर्ने सामग्रीसमेत उत्पादन गर्न थालिएको छ । तर यसले प्लास्टिकको फोहोर उल्लेख्यरूपमा घटाउन सक्ने सम्भावना छैन । वैज्ञानिकहरूले हालै एउटा यस्तो उपलब्धि हात पारेका छन्, जसले प्लास्टिकको फोहोर निकै मूल्यवान हुने पुष्टि गरेको छ । स्वीजरल्यान्डका वैज्ञानिकहरूले प्लास्टिकबाट १८ क्यारेटको सुन उत्पादन गर्न सफल भएका छन् । प्लास्टिकबाट सुन बनाइएको यो पहिलो घटना हो । स्वीस विश्वविद्यालय इटीएच ज्युरिचका वैज्ञानिक राफेल मेजेन्गाका अनुसार प्लास्टिकबाट बनेको सुन परम्परागत १८ क्यारेटको सुनभन्दा झन्डै १० गुणा हलुका छ । सुनको परम्परागत मिश्रणमा तीन चौथाइ सुन तथा एक चौथाइ तामा हुन्छ । जसको घनत्व १५ ग्राम प्रतिघनसेमि हुन्छ । तर प्लास्टिकबाट बनेको सुनको घनत्व मात्र १.७ ग्राम प्रतिघनसेमि रहेको छ । प्लास्टिकबाट सुन बनाउनका लागि वैज्ञानिकहरूले सुनको न्यानो क्रिस्टल, प्रोटिन फाइबर तथा पानी र नुनको साथ एक पोलिमर लेटेक्सको घोल तयार गरे । उक्त घोललाई कार्बनडाइअक्साइड ग्यासको उच्च दबाबबाट प्रवाहित गरी त्यसलाई ठोस पदार्थमा परिणत गरियो । यसरी बनाइएको सुनको चमक पूर्णरूपमा सक्कली सुन जस्तै रहेको छ तर वजन निकै हल्का छ । वैज्ञानिकहरूका अनुसार हलुका हुनुका कारणबाट यो सुन घडी तथा गहनामा प्रयोग गर्न निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ ।– एजेन्सी


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल