Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

मोरङ । मानव बेचबिखन तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका(६ बस्ने ४१ बर्षीय वसन्त राजवशींलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७६ बैशाख १७ गतेको फैसला पश्चात उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।