Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फागुन ६ गतेसम्मका लागि लम्बियो एमसीसी

काठमाडौं । अमेरिकी सहयोग एमसीसीका विरुद्ध सिंगो देश एक भइरहेको बेला सो परियोजना आज संसदबाट पास हुने हल्ला चले पनि आजको बैठकमा एमसीसीको एजेन्ड प्रवेश गरेन । प्रतिनिधिसभाको बैठक फागुन ६ गते शुक्रबार बस्नेगरि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा शोक प्रस्ताव पढेर सुनाएका थिए । उक्त प्रस्ताव पारित भएलगत्तै सभामुखले अर्को बैठक आउने शुक्रबार दिउँसो १ बजे बस्नगरि आजको बैठक स्थगित् भएको सुचना वाचन गरेर सुनाएका थिए । एमसीसीकै विरोधमा आज देश ठप्प बनेको छ । विप्लव लगायतका ६ दलले आयोजना गरेको नेपाल बन्दलाई आम जनसमुदायले पनि साथ दिएका छन् ।