Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि रोकियो नेकपा स्थायी समिति

काठमाडौं । पटक पटक मिति सर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरि रोकिन पुगेको छ । आज ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए । नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । नेकपाका अधिकांश् स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । आजै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।