Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।
विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् । डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने बारेमा सुरुमा एकमत हुन सकेको थिएन ।
तर, उनले यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको बताए । मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।