Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि १ लाख नाघ्यो सुनको भाउ

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रवार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रु ९९ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।