Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फोहोरभित्रै छिर्यो दुर्गन्धे राजनीति

काठमाडौँ । बालेनलाई असफल बनाउने नाममा शुरु भएको राजनीतिक खेलले सिंगो राजधानी दुर्गन्धित हुँदा संघीय सरकार आँचा चिम्लिएर फोहोर छल्दै अघि बढेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा असहयोग गरेर संघीय सरकारले आफूलाई असफल बनाउन खोजेको आरोप लगाएका छन्।
धादिङको बञ्चरेडाँडा फोहोर लैजाने क्रममा पटक पटक अवरोध र असहयोग भएपछि मेयर शाहले राजनीतिबारे पनि कडा टिप्पणी गरेका छन्। उनका अनुसार अवरोध नभएको अवस्थामा आइतवारदेखि दैनिक २५० देखि ३५० गाडीहरूले बञ्चरेडाँडामा फोहोर लैजाने योजना थियो।
तर आइतवार पनि दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरिएको उनले बताए। अवरोधका कारण आइतवार ९० वटा फोहोरका गाडीहरु मात्रै बञ्चरेडाँडा पुग्न पाएका उल्लेख गरे। आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारण थिए। पहिलो कसैले फोहोर पानीको मुहानमा लगेर फ्याँकिदियो भन्ने, उनले भने, यसमा दोषी पत्ता लगाएर कारबाही पनि भइसक्यो। अर्को फोहोर बोक्ने गाडीले बाख्रा मारेको तर यसलाई पनि समाधान गर्यौँ। यी दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको जानकारी पाएका छौँ।
उनले यदि त्यस्तो हो भने विडम्बनापूर्ण हुने बताएका छन्। बञ्चरेडाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचना बनिसकेका छन्। भूमि लिन तथा संरचना निर्माणमा र प्रभावितले पाउने सुविधा, मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ, उनले अगाडि भनेका छन्, यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौता छन् । ती सम्झौताहरूको पालना गर्नु सबैको कर्तव्य हो। उनले फोहोर व्यवस्थापनमा आफूलाई संघीय सरकारले असहयोग गरिरहेको पनि बताएका छन्। शाहले संविधानले परिकल्पना गरेको राज्य प्रणालीको अनुसार एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलाप हुनुपर्ने सम्झाएका छन्।
ुयसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ?, उनले भनेका छन्, हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन। यसमा हेक्का राखौँ।
आइतवार मात्रै फोहोर व्यवस्थापनका लागि निर्मित धादिङ बेंशीस्थित बञ्चरेडाँडालाई लिएर नयाँ समस्या खडा गरिएको छ। करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा आइतवार तीन सत्तारुढ दलले सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका छन्। सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका धादिङको धुनीबेंसी नगरपालिकास्थित संगठनहरुले बञ्चरेडाँडामा अब सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका हुन्।
उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन्। स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयबासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन्।
ुअहिलेसम्म १७४ वटा सहमति भइसके। तर सरकारले ती सहमति कार्यन्वयन गर्न चाहेन। राज्यको आफ्नै निकायका सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडितहरुमाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरे। स्थानीय पीडितहरुलाई विभिन्न झुटो अभियोग लगाई दुस्ख दिन खोजेु, उनीहरुले भनेका छन्, अब महानगर वा राज्यसँग सम्म्पूर्णरुपमा विश्वास गुमेकोले फोहोर मैला दीर्घकालीन बन्द गर्ने अभियानको नेतृत्व दलले गरिदिनुपर्ने माग जोडतोडका साथ उठेको छ। सत्ता गठबन्धनको तर्फबाट यो समस्याको समाधान गर्न हामी तयार भएको जानकारीसहित तीनै पार्टीको नगर कार्यसमितिले तत्कालै एमालेसहित सबै दलको सर्वदलीय बैठक बोलाई फोहोरको समस्या समाधानको लागि अग्रसरता लिन माग गर्दछौँ।
कांग्रेसका वडा सभापति पूर्णसिंह तामाङ, माओवादीका वडा कार्यसमिति अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले यदि यो कुरालाई गम्भीरताको साथ नलिएर जनताको स्वास्थ्यमाथि खेलबाड गरिरहे अबको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन्। स्थानीयबासीले चुनाव बहिष्कारसम्मको चेतावनी दिएकाले आफूहरु यो कदम चाल्ने बिन्दुमा पुगेको उनीहरुको तर्क छ। तीन दलले स्थानीय पीडितहरु अहिले पनि आन्दोलनमा रहेकाले अब आफूहरु पनि सहभागी भएर फोहोर व्यवस्थापन रोक्ने निर्णयमा पुगेको उल्लेख गरेका छन्।