Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बचेन राष्ट्रपतिको गरिमा

काठमाडौँ । देश कता छ, ओलीको स्वार्थको दल विभाजन गर्ने अध्यादेश जाँदा सल्लाह कसैको नगर्ने, पार्टीका नेताहरूको आशय नबुझ्ने ती विद्या भण्डारीले अफ द रेकर्ड बहस चलाएको के अर्थ ? राष्ट्रपतिका बारेमा बेलाबखत हुने बहस त्यहाँका पौरखी सल्लाहकारका रूपमा भित्र्याइएका मान्छे, तिनीहरूको विगत थाहा पाउनेले राजा फालेर राष्ट्रपति बनाइएका मान्छेप्रति गौरव बन्ने ठाउँ भएन । डा. रामवरण यादव सुकुमबासी बेसहारा होइनन् । उनले थाइराइडको उपचार गर्न आफैँ डाक्टर भएर पनि देशका अस्पताललाई पत्याएनन् । अहिले सरकारले दिलाएको खर्चबाट उनी सन्तुष्ट छैनन् ।

विद्या भण्डारी नेकपा एमालेको केपी गुटकै पात्र थिइन् । मदन भण्डरीको हत्यापछि उनी राजनीतिमा आइन् । यो सत्य सबैलाई थाहा छ । मदनको रहस्यमय हत्याको छानबिनसम्म ओली सरकार गर्न चाहँदैन । विद्या नै रक्षामन्त्री भएकी थिइन् । अहिले उनी राष्ट्रपति छन् । मदन हत्याकाण्डको छानबिन गर्न कसैले छेक्दैन । तर स्वार्थी, सत्तालम्पट र पथभ्रष्टहरूलाई पार्टी, सिद्धान्त, विचार, त्याग र समर्पणको चासो हुँदैन । त्यस कारण विद्या र ओलीहरू अफ द रेकर्डको तमासा गर्छन् ।

यो देशमा खड्ग ओली मात्र छन् ? देश बुझेको पार्टीको सर्वेसर्वा कि समान हैसियतका अरू पनि छन् ? ओली गुटकी विद्याका लागि, मुलुक लुटेका ईश्वरहरूका लागि ओलीको देवत्वकरण हुन सक्छ । तर नेकपा नामको सिङ्गो पार्टीका लागि ओलीको देवत्वकरण हुन सक्दैन । विद्या सेनाको परामाधिपति भएकाले राष्ट्रपतिको सेवा त्यसले गर्नुपर्दछ । तर विद्या सडकमा हिँड्दा जनतामाथि दुःख किन दिइन्छ ? हाम्रो देशका भष्मासुर लुटाहा नेताका लागि सुरक्षा चाहिन्छ । अन्य देशका प्रधानमन्त्री साइकल चढेर प्रधानमन्त्री कार्यालय जान्छन् । तिनलाई ज्यानको डर छैन । नेपालकी राष्ट्रपतिले त्यो त पढेकी होलिन् । ओलीको स्वार्थका अध्यादेश लुरुजुरु स्वीकृत गर्दै फिर्ता लिँदाको परिणामले यस्तो टिप्पणी आयो । विद्यालाई सहीसाध्य भएन र अफ द रेकर्डको भीडसँग गन्थन गर्नुपर्यो ।