Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढ्यो ठाकुरको सक्रियता

काठमाडौं । ठूला दलको दोहोरी चल्दा सानाले मौका पाउन सक्छन् । सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियता बढाएका छन्। दुई दलको विवादबीच आफू राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको औल्याउँदै उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन्। ठाकुरनिकट तथा जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार पछिल्लो साता ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा नेकपा एकीकृत समाजवादी नेकपा एसका अध्यक्ष माधव नेपालसँग समेत सो विषयमा कुराकानी गरिसकेका छन्। लोसपाले राष्ट्रपति पदमा ठाकुरलाई अघि सार्ने तयारीसमेत गरेको छ। यसबारे निर्णय लिन लोसपाले यही फागुन १० गते कार्यकारिणी समितिको बैठक बोलाएको छ। त्यो बैठकले ठाकुरलाई राष्ट्रपति पदमा अघि सार्ने निर्णय गर्ने झाले बताए। केही दिनअघि एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरस्थित संसद् भवनबाटै आफ्नो गाडीमा ‘लिफ्ट’ दिएर ठाकुरलाई बालकोट लगेका थिए। बालकोट पुगेपछि ओली र ठाकुरबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बतायो।