Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्दुक छाडेर बेपत्ता

कैलाली । गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट आइतबार साँझ ३ थान भरुवा बन्दुक बरामद भएको छ । ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४/५ व्यक्तिहरुले देख्नासाथ उक्त बन्दुक फाली फरार भए पश्चात उक्त बन्दुक बरामद भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।