Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कारका घटना बढेपछि काँग्रेसले लगायो सरकारमाथि यस्तो आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बझाङ्गकी सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन गराएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समन्वय समिति संयोजक उमा रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा बलात्कार, हत्या हिंसा, एसिड आक्रमण र यौन दुव्र्यवहार लगायतका अपराधिक घटनाहरु हुन नदिन सरकार प्रतिबद्ध नदेखिएको उल्लेख छ । बुधबार बझाङ्गको मष्टा गाउँपालिका २, खिकालाकी १२ बर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो ।

यस्ता अपराधिक घटनाहरु देशमा दिनानुदिन एकपछि अर्को गरि घटिरहेको भन्दै आमनागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल भएको काँग्रेसले भनेको छ । विज्ञप्तिमा भनिएको छ, सरकारको लाचारी एवं गैरजिम्मेवार प्रवृत्तिप्रति हामी प्रश्न गर्न चाहान्छौं, कहिलेसम्म नेपाली महिलाहरु बलात्कृत हुने र ज्यान गुमाउनु पर्ने हो ? महिलाहरु निर्जिव मेशिनको रुपमा प्रयोग भइरहेका छन् । यस्ता अमानवीय कार्य तत्काल रोकिनु पर्दछ ।

विगतमा भएका बलात्कार र हत्या हिंसामा संलग्न अपराधिलाई सरकारले कानूनी कठघरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकेको भए उक्त दुःखद घटना नुहने काँग्रेसको भनाइ छ । गृहमन्त्रीले संसदमै बलात्कार दिनप्रति दिन हुने घटना भनि दिएको गैरजिम्मेवरी अभिव्यक्तिले नै यस्ता घटनाहरुलाई प्रश्रय दिएको काँग्रेसको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, एक नाबालिकामाथि भएको क्रुरतापूर्वक बलात्कार र हत्याको हामी घोर भत्र्सना गर्दै उक्त घृणित कार्य गर्ने अपराधिलाई चाडो भन्दा चाडो पक्राउ गरी कडा भन्दा कडा सजाय दिलाउन र हत्या गरिएकी बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार सँग जोडदार माग गर्दछौं ।


सम्बन्धित समाचार