Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कारको आरोपमा फसाउन खोज्दा…

काठमाडौं । आफूलाई जबर्जस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नवलपरासी बर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफुलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।