Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलिउडकै महंगो फिल्म बन्दै टाइगर ३

मुम्बई । बलिउड स्टार सलमान खानका फ्यानले उनको नयाँ फिल्मको प्रतीक्षा गरिरहेका छन् । बक्स अफिसमा उनका फिल्मले धमाकेदार प्रदर्शन गर्ने गर्छन् । तर, केही वर्षयता भने फिल्मले सोचेजस्तो व्यापार गर्न सकेका छैनन् । पछिल्लो समय सलमान खान आफ्नो सुपरहिट फिल्म सिरिज ‘टाइगर जिन्दा है’ लाई लिएर चर्चामा छन् । फिल्ममा सलमान खान र क्याटरीना कैफको जोडी रहने बताइएको छ । यद्यपि, फिल्मका बारेमा यशराज फिल्मसले भने कुनै जानकारी दिएको छैन । चर्चाका अनुसार यो फिल्म बम्पर बजेटमा निर्माण हुनेछ । यो फिल्म बलिउड इतिहासकै सबैभन्दा महंगो फिल्म बन्ने दाबी गरिएको छ । टाइगर सिरिजको पहिलो र दोस्रो फिल्मले राम्रो कमाइ गरेको थियो । रिपोर्टका अनुसार, ‘टाइगर ३’ को प्रोडक्सन खर्च २ सयदेखि २ सय २५ करोड भारु हुने बताइएको छ । प्रोडक्सन कस्टमा आजसम्म कुनै फिल्मले पनि यति लगानी गरेका छैनन् । यस्तै प्रिन्ट र पब्लिसिटीमा झण्डै २५ करोड भारु खर्च हुने पनि बताइएको छ । यो फिल्मका लागि सलमान खानले १ सय करोड भारु पारिश्रमिक लिने पनि बताइएको छ । साथै सलमान खान फिल्मको मुनाफाको हिस्सेदार पनि हुनेछन् । यो फिल्म ६ देखि ७ देशमा अन्तर्राष्ट्रिय स्टन्ट टिमका साथ शूटिङ हुने जनाइएको छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल