Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलो र खाँबो कसले बोक्यो कमरेड ?

द्वन्दात्म्क भौतिकवादले विज्ञानलाई विश्वास गर्छ । तर त्यो विज्ञानको प्रयोग माक्र्सवादले गर्छ । त्यो माक्सवाद नेपालले कार्यान्वयन त के व्यवहारमा पनि दर्शाउँदैन भन्ने कुर २०४६ सम्मका चप्पल कान्छाको प्रगति हो । संसदीय व्यवस्थाको १४ वर्ष लोकतन्त्रको १६ वर्षको अवधिमा यो देशले व्यहोरेको ऋणको भार नै थेगि नसक्नु भो । ओलीले शासन शुरु गर्दा ९ खर्ब ऋण शासन छाड्दा २१÷२२ खर्ब कसरी भएछ ? यिनै ओलीले आफ्नो हैसियतमा ४१ महिने शासन चलाए । तर जनतालाई यो काम राम्रो भयो, यसलाई निरन्तरता दिनुपर्छ भन्ने केही भएन । न त गलत हरायो नत बजारमा कमिशनको उत्पादन सहज भो । असार १७ मा देशमा बिग्रह हुन्छ, गठबन्धन ध्वस्त हुन्छ, एउटाले बलो बोक्छ, अर्काले खाँबो बोक्छ, ज्योतिष शास्त्रले त्यही भन्छ, ओली जस्तो ठूलो पार्टीको ठूलो नेताले बोल्ने आवश्यक यो थिएन । तर उनले बोले । बोल्न उनलाई छूट छ । ओलीलाई आफ्नो बोलीको असर पत्तो हुँदैन । यस्तै उट्पट्याङ बोल्ने उखान टुक्का भन्न र आफ्ना सहकर्मीलाई होच्याउन, ताछ्न, विद्रुप शैली प्रदर्शन गर्न जनताको बहुदलीय जनवादभित्रको कुन उपधाराले ओलीलाई उकास्यो ? ओलीले जे भन्छन् त्यसैलाई ठिक भन्ने मानो चामल लिने हलिरुपी सांसदहरूले पनि त्यस्तै हो मा हो गर्छन् । किसानको मलको समस्याको शुरु गर्ने ओली हुन् एमाले भनेको यस्तै धरातल गुमाएको जनताको जीवनलाई कमाई थलो बनाएको कमिशन र दलालीमै माक्र्सवाद ठान्ने पार्टी भएछ । त्यसैले किसानको पीडा उसले बुझेन । जुन पार्टीका सिद्धान्त भनेकै देश लुट्ने, गुटबन्दी गर्ने, विपक्षी मत राख्ने एमालेका गलत कदमको प्रतिवाद गर्नेमाथि जासुसी गर्ने, पक्राउ गराउने, दुःख दिने पार्टी बन्दैछ । दुई पटक मुलुकको प्रधानमन्त्री भएको मान्छे, पार्टीको अध्यक्ष समेत छ बोल्न जे मन लाग्यो त्यही । कम्युनिष्टको नाममा शासन गर्छ, बिचौलिया, दलाल, मुनाफा खोरहरूको हितमा मात्र काम गर्छ । त्यो पार्टीका किसान नेताले पनि केही गरेनन् । चुनाव घोषणापत्र एकतिर छ । अर्थमन्त्री माफियाकै हितमा निर्णायक बन्दा अध्यक्षले खबरदारी गर्दैन । सहयात्री पार्टीको सम्मान गर्दैन, आफू राज खान्दानी बन्छ, सर्वहारा वर्गको नाममा पुँजीपति वर्गलाई सघाउँछ । राजश्वमाराको घरमा पार्टी कार्यालय राख्छ, विद्युत प्राधिकरणलाई रु २ अर्ब ४० करोड तिर्न बाँकी रहेको व्यापारीलाई सघाउँछ, उचाल्छ । साल्ट ट्रेडिङको नून आफ्नो कम्पनीको लोगो लगाएर प्रतिकिलो रु ३५ मा बेचने मोती दुगडलाई आफू प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार राख्छ । एमाले कस्तो जनमुखी पार्टी रहेछ ? जनता बुझ्दैछन् । त्यस्तो पार्टीले किसानको पीडा सुन्छ कसरी, बुझ्छ र सघाउला कस्तो ?
जुन पार्टीको सरकार बन्दा राष्ट्रले बाँड्ने विभूषण र पदक तस्कर, चोर, हत्यारा, अपराधीलाई दिलाइन्छ । राष्ट्रको राष्ट्रपति गुटको राष्ट्रपति बन्न रुचि राख्छिन् तर आफ्नै लोग्नेको शंकास्पद मृत्युको छानविन गर्ने तागत देखाउँदिनन् । मदन भण्डारी मृत्युलाई एमालेले चुनावी मुद्दा बनायो, फाइदा उठायो, ठूलो पार्टी बनायो । तर सत्ता पाउँदा राष्ट्र र जनताको पक्षमा भन्दा सिआइए र रअको हितमा काम ग¥यो । अहिले पनि त्यही गर्दैछ । थामसेर्कु, हुकाम, ओम्नी, बतास त त्यो पार्टीका आम्दानीका स्रोत भएका छन् । अरुलाई असार १७ गते तहसनहस हुन्छ भन्नेले आफ्नै कारण ०७४ को पहिलो पार्टी दोस्रोमा झरेर संघीय चुनावमा अस्तित्व बचाउन धौ धौ हुने देखेर महन्त ठाकुरलाई समाउँदैछ । तर पनि खाँबो चिथोर्ने कुरा गर्दैछ । खाँबो कसले चिथोर्छ मंसिरसम्म थाहा हुन्छ, कमरेड फूर्ति नलगाउ । जनतालाई मुर्ख कार्यकर्तालाई सिल्ली ठान्ने को हालत के हुन्छ ? ०६४ सालमा झापाली जनताले ओलीको शेखी झारेका थिए । परिवर्तनको अग्निदहमा हिँडेको माओवादीको नेतृत्व पनि जातीयता, क्षेत्रीयताबीचको लडाइँमा विदेशी डलरमा नाच्यो । एमालेले चाहेकै त्यो थियो । माओवादी शिल्ली हुँदै गयो । रामबहादुर जस्ता मठाधिसहरूलाई एमाले नै बन्न मनप¥यो । किनकि त्यहाँ सामदाम सौगात मिल्थ्यो । माओवादी सबै नेतालाई तलब र गाडी व्यवस्था गर्न सक्ने भइसकेको छैन । एकाध नेता त त्यहाँ पनि अर्बपति छन् । करोडपति त धेरै भएका छन् । तिनले पनि गरिबको झुपडीको बास बिर्सेका छन् । त्यस्तालाई केपीले असार १७ गते सबैतिर भत्कन्छ, छताछुल्ल हुन्छ कोही खाँबो चिथोर्छन् कोही बलो बोक्छन् भनेर सत्ता खोसिएको पीडा प्रकट गर्दा केले छुने ? एमालेका घनश्यामले कृषिमन्त्री बन्दा किसान रुवाएकै हुन् । त्यो बेला पनि केपी प्रम थिए । ओलीले यस्तै कुरा गर्दै जानुपर्छ । उनका धुपौरे र बैठकेले त्यही कुराको सिको गर्नुपर्छ । बालुवाको मुला र किलोले क्विन्टललाई खरानी बनायो । ओलीले एमाले पक्षका अरु मन्त्री र गोकुलको तौल छुट्याएको सात दिन पार नलाग्दै रु ७० करोडको अडियो सार्वजनिक हुँदा पद त्याग्नु परेको पीडालाई रौ बराबर मानेन । अहिले उनकै गृहजिल्ला झापा र गोकुलको गृह गाउँ काभ्रेमा स्थानीय तहमा एमाले टुहुरो बन्दैछ । मार्सीले मासिक ३५÷४० लाख खर्च एमालेका नाउमा गरेको छु भन्दैछन् ओलीको हैसियत यस्तै मार्सीहरूले बचाउनु पर्ने हो अब ।