Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बल्ल आयो नेतालाई चेत

काठमाण्डौ । कोरोनाका बिरामी अस्पतालमा लैजाने नाममा मनपरि भाडा असुल्दै आएका हेलिकप्टर माफीयाहरुले नागरिक उड्यान प्राधिकरणले मुख मुजो लगाएपछि सरकार रमिते बनेको छ । यो अत्याचार विरुद्ध नेकपा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले कोरोना महामारीको कहरका बेला हेलिकप्टरहरुले बढी भाडा असुलेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले कोरोना महामारीमा विभिन्न कम्पनीहरूका हेलिकप्टरले सामाजिक दायित्वको ख्याल नगरी बढी भाडा असुलेको भन्दै सम्बन्धित मन्त्रालय र मन्त्रीहरुलाई ध्यानाकर्षण गराएका हुन् । नेता पौडेलले अन्य समयमा हेटौंडा–काठमाडौं हेलिकप्टर चार्टड भाडा १ लाख २५ हजार रहेको भएपनि हाल हेलिकोप्टर कम्पनीहरुले २ लाख ८० हजार लिएकोमा चिन्ता व्यक्त गरे । कोरोना संक्रमितहरुको आकस्मिक उपचारका लागि काठमाडौं जानुपर्ने वाध्यात्मक परिस्थितीको फाइदा उठाउँदै ती कम्पनीहरुले मानवीय संवेदनाहिन आपराधिक लुट मच्चाएको उनको भनाई छ । उनले यस्ता अमानवीय कार्यको नियन्त्रण र नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणले शीघ्र अनुगमनको काम थाल्नुपर्ने माग गरेका छन् ।

उनले सामान्य बेला विलासिताको कोटीमा पर्ने यस्ता साधनहरु जसको उपभोग सामान्य परिवारले गर्न सक्दैनन् तर संकटको बेलामा सो साधन अति आवश्यक साधनमा परिवर्तित हुने भएकाले यसलाई व्यापारको रुपमा हेर्न हुँदैन । उनले यस विषम् परिस्थितिमा हेलिकप्टरको आकस्मिक प्रयोगको बाध्यताको फाईदा उठाएर नागरिकहरुबाट भाडा बढाउनुको कारणबारे छानबिन गर्नु सम्बन्धित मन्त्रालय र मन्त्रीको नैतिकताको मापन भएको बताएका हुन् ।


सम्बन्धित समाचार