Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बहराइनमा २ सय ८१ नेपाली कोरोना संक्रमित

एजेन्सी । कोरोनाको जोखिम विश्वव्यापी रुपमा बढिरहेको बेला खाडी मुलुक बहराइनमा १२ महिलासहित २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमित भएकामध्ये कयौं नेपाली उपचारपछि निको भएका छन् । उपचार भइरहेकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । बहराइनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।
५ हजार ८ सय १६ जना संक्रमित भएकोमा २ हजार २०५ जना उपचारपछि निको भएका छन् । उपचारारत ३ हजार ६०१ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।