Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाँके र मकवानपूरमा कोरोनाबाट १५ को मृत्यु

मकवानपूर । हेटौंडा अस्पतालमा उपचारका क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा उपचाररत तीन जना पुरुषको संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड फोकल इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का ७४ वर्षीय पुरुषको बिहीबार राति ११ः४५ बजे मृत्यु भएको हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ का ६० बर्षीय पुरुषको शुक्रबार विहान ७ः३० बजे र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर–१ का ४६ बर्षीय पुरुषको शुक्रबार विहान ९ः३० बजे मृत्यु भएको हो । मृतकहरुमा गत बैशाख २६ गते यता कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उपचारका लागि हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा भर्ना भएका थिए ।
योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या ३८ जना पुगेको छ । उता बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार मृत्यु हुने १२ जनामध्येमा सात बाँकेका रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका वडा नं २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका वडा नं ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका वडा नं ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका वडा नं। ४ बाँके निवासी ४३ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका वडा नं १० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका वडा नं ६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका वडा नं ३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका वडा नं ८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिएका हुन् ।


सम्बन्धित समाचार