Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाँस्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलिलाई आग्रह गरेका छन् ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ– सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ । ७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।


सम्बन्धित समाचार