Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मकवानपूर । आफ्नो पद गुम्ने डरले प्रदेश सभा बैठक तार्दै आएको ओलीका अनुयाई मुख्यमन्त्री डोरमणि पौडेल वाग्मती प्रदेशसभाको भोली बस्ने बैठकबाट अतालिएका छन् । बैठक मङ्गलबार अपराह्न २ः ०० बजेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले दिएको जानकारी अनुसार बैठकका लागि आज अपरान्ह ४ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो । प्रदेश सभामा ओली पक्षको बहुमत भएको निहूँमा जनताका आवाज सुन्ने र समस्या समाधान गर्ने तर्फ सरकार लाग्न सकेको छैन । एमालेको ओली पक्षको अहंकारले बागमति प्रदेश पनि गुम्ने स्थिति सिर्जना भएको छ । यही स्थिति प्रदेश १ मा पनि रहेको छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल