Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाजुरामा फेरि दोहोरो भिडन्त !

बैशाख ३० गतेको निर्वाचनले नेकपा काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच बुथ कब्जा गर्ने प्रतिस्पर्धाबाट स्थगित बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा पनि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाउनुपरेको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उनले ताजानेपाललाई बताएका छन्। आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै विवादका काराणवैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको हो ।