Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बादलको सत्ता बुर्कुसी दयनीय

काठमाडौं । माओवादीविरुद्ध कानुनी हतकण्डा चलाएर प्रधानमन्त्री केपी ओलीलाई सघाउन दावा लामा, बालकृष्ण ढुंगेल समेतलाई बालुवाटार छिराएका गृहमन्त्री रामबहादुर थापाको सत्तामोह लोकेन्द्रबहादुर चन्दले आफ्नो टिमका कमल थापालाई मुसा पदवी दिएजस्तै भएकोछ । कालीबहादुर खाम प्रहरीको लिष्टमा फरार छन् तर बालुवाटार जान आउन उनलाई बाटो बन्यो गृहमन्त्री रामबहादुर थापाको ओली मोह । लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहको ओली गुटमा प्रवेश पनि त्यही हो । संसद विघटनसम्बन्धी बहस संवैधानिक इजालसमा जारी छ । सर्वोच्चले संसद पुनस्र्थापना गर्ने फैसला ग¥यो भने यी फ्याउराहरूको हालत के होला ?

ओली गुटका नायकहरू ईश्वर पोखरेल, शंकर पोखरेलहरूले नेकपाका नेताहरू माधव नेपाल, पुष्पकमल दाहालका विरुद्ध जति बोल्छन् उनीहरू माहिर विज्ञ राजनीतिको वरिष्ठ भएका छन् । तर जनयुद्ध लडेका जनमुक्ति सेनाका सह कमाण्डरले वर्तमान ओली शासन कति समय अनुकुल ठानेर प्रम ओलीको गोठालो बन्ने हुन् शंका छ । जनयुद्धको त्यो त्याग, बलिदान, ती घाइते अपांगको पक्षमा यिनले कति काम गरे ? हिजो माओवादी चोइट्याएर वैद्यसँग जाँदा यिनले प्रचण्ड र बाबुरामले संसदीय भाष नै रोजेर माओवादी सिध्याए भन्दै त्यही नाउकै पार्टी खडा गरेका बादलको चेतना सत्तामा डुबुल्की मार्दा दया लाग्दो छ । टोपबहादुर भनेका हाउडे हुन् ।

मणि थापा गम्भीर थिए । प्रमु साह सत्ता अनिवार्य रुचाउने र भ्रष्टाचार गर्ने जिल्लामा तस्करी चम्काउने नेता हुन् । यिनको स्थान चुनाव हुँदा कता पुग्ने हो ? अ‍ोलीले चाहिँदाको भाँडो, नचाहिँदाको ठाडो बनाएका एमालेकै नेता कति छन् । अहिले बिना विभागीय मन्त्री ईश्वर पोखरेलकै हालत तस्कर, भूमाफिया, रातोपासपोर्ट काण्डका नायकहरूको संरक्षक बनेको ओलीलाई राम्ररी थाहा छ । ओलीको उत्तराधिकारी बनेका शंकर पोखरेलको खोपडी पनि अब सडेको छ । जसको पालामा दैनिक १८ घण्टा लोडसेडिङ थियो, राधा ज्ञवाली जस्ता भष्मासुर नारी ऊर्जामन्त्री थिइन् । मुकेश काफ्ले प्राधिकरणको कार्यकारी थिए । खोपडी सडेका यी शंकरले प्रचण्ड प्रधानमन्त्री भएपछि ऊर्जामन्त्री जनार्दनको पालामा हटेको लोडसेडिङ ओलीको पालामा हटेको हो भन्न कसरी सकेका हुन् । नेताहरूमा दीवालीया पन आएपछि हुने यस्तै हो ।

शंकर ईश्वर जस्ता धतुराले बोल्दैमा भुक्दैमा लिखत सत्य डग्दैन । यिनै टोपबहादुर रायमाझी प्रम ओलीको अघिल्लो कार्यकालमा ऊर्जामन्त्री थिए । यिनको कुनै योजना ऊर्जा मन्त्तालयमा कुनै थिएन । नेपालको पानी जनताको लगानी याजना ल्याउने जनार्दन, लोडसेडिङ हटाउने जनार्दन र कुलमान । अहिले ओलीका फ्याउराहरू आफैंले बोलेको कुरा झूट हुँदा समाजसँग लज्जाएकै छैनन् । पार्टीको पद्दति, विधि र प्रक्रिया ओलीका फ्याउराहरूको निम्ति आफैैंले लुट्ने जनता छक्काउने निहुँ बनेको छ । चुनावै भयो भने रामबहादुर थापाको हालत चितवनमा के हुन्छ ? उनले गृहमन्त्री बनेर जोगाएको प्रतिष्ठा भनेको निर्मला पन्त बलात्कारमा संलग्नहरूको बचाउ मात्रै हो ।

आफू शुद्ध बन्न समय र परिवेशमा घटेको घटनाबाट बच्नुपर्छ । बादलले अध्यक्ष प्रचण्डको कुरा काट्न सुहाउँदैन । किनकि यिनको विवेक र चिन्तन कुर्सी र पद रहेछ । यिनले ओलीबाट पार्टीको उपाध्यक्ष पनि पाउँदैनन् । यिनका पछि पूर्व माओवादी कार्यकर्ता कति पछि लाग्छन् ? बादशाह रूपी केपी ओलीले अन्धो बनेर स्याबास भनिरहने अवस्था छैन । ओलीले पेलेका एमाले कति छन् बादलले त्यो हेरे राम्रो हो । यही बेला ओलीले जनयुद्धलाई कुहीएको फर्सी भनिरहँदा हिजो जनयुद्ध लडेका र अहिलो ओलीको पछि लागेकाहरू मन अमिलो बनाउँदै ताली बजाउन बाध्य छन् ।