Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बानियाँले विश्वासको मत लिँदै, असन्तुष्ट पक्षको घुर्की जारी

काठमाडौं। बागमती प्रदेश सभाको नवनिर्मित अस्थायी भवनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराह्न ४ बजे विश्वासको मत लिने तालिका बाहिर आइरहँदा कांग्रेसकै असन्तुष्ट १४ प्रदेश सांसद भने काठमाडौँमै पत्रकार सम्मेलनको तयारीमा जुटेका छन् । सोमबार राति अबेरसम्म पनि असन्तुष्ट १४ सांसदसँग नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मुख्यमन्त्री बानियाँले कुनै भेटघाट र छलफल गरेका छैनन् । सोमबार राति अबेरसम्म १४ सांसद समूहको बैठक बसेको थियो । उनीहरूले मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलनको तयारी गरेका छन् । बानियाँले संसदीय दलको बोर्ड बनाएर केही सदस्यहरूलाई व्यवस्थापन गरेका छन् । असन्तुष्टहरूसँग आइतबार भेट्ने भनिएको थियो । तर सोमबार रातिसम्म हाम्रो भेट भएको छैन, बहादुर सिंह लामाले मन्त्री नियुक्त गरेर शपथ हुन रोकिएका गोविन्द लम्सालले भने, सभापतिज्यूको त्यस्तो समाचार चैँ सुन्यौँ तर अहिलेसम्म केही खबर आएको छैन । उनले सकभर पार्टीमा सबैलाई मिलाऊँ भनेर आफूहरूको भगीरथ प्रयास जारी रहेको बताए । भने, हामी छलफलमै छौँ, माननीय बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्रीहरू समेटिउन् भन्ने माग पनि सुनुवाइ भएको छैन, उनले भने, हाम्रो समूहको बैठक भइरहेको छ, सामूहिक र सभापति तथा मुख्यमन्त्रीज्यूले बोलाउने छलफलबारे हामीलाई खबर छैन ।

साउन १४ गते कांग्रेसका तीन जना सांसद गोविन्द लम्साल धादिङ, माया श्रेष्ठ चितवन र गीता गुरुङलाई मन्त्री नियुक्त गर्ने निर्णय भएको थियो । मुख्यमन्त्री बहादुर सिंह लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । उनीहरूको शपथको समय पनि तय भएको थियो । तर, एमालेको असहमति र प्रदेश प्रमुख दीपक देवकोटाको स्वास्थ्य प्रतिकुलका कारण शपथग्रहण रोकियो । पार्टी सभापति शेरबहादुर देउवासँग पनि यी तीन जनालाई शपथ गराउने सहमति भएपछि राजीनामा दिएको बताएका लामाले सहमति कार्यान्वयन नभएको भन्दै यही मुद्दालाई लिएर विश्वासको मत लिने दिनसम्म असन्तुष्ट समूहको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका बानियाँलाई चुनौती दिएका हुन् ।

मुख्यमन्त्री बानियाँले प्रदेश सभामा विश्वासको मत लिन दिउँसो १ बजे हेटौँडामा संसदीय दलको बैठक बोलाएका छन् । ४ बजे विश्वासको मत लिने तालिका छ । यता, असन्तुष्ट समूहको मङ्गलवार दिउँसो काठमाडौँमा १२ बजे बैठक बोलाइएको छ । मुख्यमन्त्रीले माग सम्बोधन नगरे २ बजे पत्रकार सम्मेलनको तयारी छ । त्यहाँ पत्रकार सम्मेलन सकेर हेटौँडा आउन हम्मे हुने देखिन्छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल