Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालाई नै आफ्नै चरित्र चित्त बुझेन !

काठमाण्डौ । आँफू जस्तो हैकमवादी छ त्यस्तै गुटबन्दी सदस्य बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको टिममा ! ओली कानूनी मर्यादा विधिको शासन मान्दैनन् । उनका मान्छेले भ्रष्टाचार गर्छन् देश लुट्छन् । तर अख्तीयारले कानूनी कारबाही गर्न हुदैन । कानून बुझेका सुभाष नेवाङ्ग र अग्नी खरेलले ओलीलाई कानूनको ज्ञान दिन सक्दैनन् । उनीहरु विषय विज्ञ हुन् तर ओलीका लागि केहि होइनन् केबल दलाल मात्र हुन् ।

एमालेले सभामुख विरुद्ध चलाएको गैर मर्यादित व्यवहारको संसारले कस्तो मूल्याङ्कन गर्छ ? त्यो एमालेको चासो छैन । तर पुरुषको काँधमा चढेर महिला सांसदले देखाएको नाङ्गो रुप र पुरुष सांसदको कडा उफ्राइले आफै दर्शक भएका अध्यक्ष ओलीलाई छोएछ । जनताको बहुदलीय जनबादले दिएको शिक्षा त्यही हो जसले संसदीय मर्यादा सिकाउने एमालेले सभामुखलाई मात्र दोषी देख्यो । ओलीले ल्याएको अध्यादेशले जसपा फुटेको भए उपेन्द्र यादवको समूहप्रति यीनको कस्तो व्यवहार हुँदो हो । आखिर निर्वाचन आयोगले कानूनी रुपमा पार्टी दर्ता गरिसक्यो । ओलीकै दलाल त्यहाँ थिए । सर्वाेच्चमा प्रधान न्यायधिसदेखि न्यायधिससम्म ओलीकै हनुमानहरु थिए र अझै छन् ।
कानूनी वैद्यताको कुरा प्रमुख हुन्छ । जहाँ सुकै त्यो लागू हुँदा जनताले लोकतन्त्र विधिको शासन माथी विश्वास गर्ने अवस्था हुन्छ । अहिले भ्रष्टाचारीहरुको रक्षा गर्न विकासे हावाको भाषण गर्ने नायकहरुको विगविगी छ त्यसका नेता ओली आफै हुन् ।

चोरले चोरेको सामान फिर्ता गरेपछि अपराधबाट माफी पाउँदैन । सामान पाइयो विगो तिर्नु परेन ? तर चोरीका घटनामा कारबाही भोग्न नपर्ने ? विष्णु पौडेलले ललित निवासको जग्गा पो फिर्ता गिरे भूमाफीयालाई सहज बनाएकोमा दण्ड सहन परेन ओलीकै विश्वास प्राप्त भएका कारण । यही हो कानूनी राज विधिको शासन ? सुकुम्बासीको नाममा रुपन्देहीमा जग्गा लिएका पौडेलले त्यो जग्गा बेच्न पाउथे कि निश्चित समयसम्म त्यो जग्गा जमीन सम्बन्धीत सुकुम्बासीको नाममा रहनु पथ्र्याे भन्ने कुराको समेत ख्याल भएन किन ?

एमाले फुट्यो कसको कारण कमजोर अवस्था आयो । त्यसको आत्मसमिक्षा गर्ने केपि ओलीलाई फूर्सद भएन । उनलाई आफ्ना हावाका योजनाले उन्मुक्त गराएको छ । जहाँ बजेट छैन त्यस्ता योजनामा फुर्किएर विकासको ऐलान गर्ने काम भयो । बजेट बिनाका योजना जनता ढाँट्ने कला भएका र गला मिलाउनेहरु नै संसदमा काँधमा काँध गरेकै हुन् । यीनको पौरख नजिकबाट चिहाएका थिए ओली बाले । उनैलाई पचेन छौडा र अरिंगालको पौरख संसदीय सर्वाेच्चता र विधिको शासनलाई सुहाउने कुरै भएन ।


सम्बन्धित समाचार