Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालिका करणी अभियोगमा पक्राउ

काठमाडौं । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–९ दक्षिणटोलास्थित घरमा काम गरी बस्ने अर्घाखाची मालापानी गाउँपालिका–१ घर भएका ३६ वर्षीय बलराम सुबेदीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले सुबेदीलाई पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका बस्ने ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–६ बिरानमुनी टोल बस्ने ४५ वर्षीय दुर्गा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बाँसको झ्याँगमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल