Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालुवाटार जग्गा प्रकरण मुद्दाको सुनुवाइ हुँने

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथिको भ्रष्टाचार सम्बन्धी वालुवाटार जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा अहिले सुनुवाइ भइरहेको छ ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोप गच्छदारमाथि छ । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्धको मुद्दा दायर भएको थियो ।

वालुवाटार जग्गा प्रकरणमा गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग छ ।
न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासमा उक्त मुद्दाको आज सुनुवाइ भइरहेको हो । गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । गच्छदार अदालत पुगेर तारिख बुझेर केहीबेरअघि फर्किएका छन् । मुद्दाका कारण गच्छदारको सांसद पद निलम्बनमा परेको थियो ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल